
विराटनगर । मोरङको विराटनगर १५ भट्टाचोकमा निर्माणाधिन बजरङवली मन्दिरमा काम गर्ने क्रममा करेन्ट लागेर बुधबार एक जना भारतीय मजदुरको मृत्यु भएको छ ।
भारतको जोगबनी हाजिमोहल्ला घर भई हाल विराटनगर १७ रानीमा डेरा गरी बस्दै आएका २५ वर्षीय तावारुल आलमको मृत्यु भएको हो ।
मन्दिरमा छड बाँध्नका लागि तार काट्ने क्रममा तार काटने मेसिनबाट करेन्ट लागेर घाइते उनको न्युरो अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी मोरङका प्रवक्ता डिएसपी मानबहादुर राईले बताउनुभयो ।