सेनाको कारवाहीमा परि २४ जना तालिवान आतकंकारीको मृत्यु

काठमाडौं । अफगानिस्तानको दक्षिणी प्रान्त कुन्दुजमा त्यहाँको संयुक्त सेनाले गरेको कारबाहीमा परी कम्तीमा पनि २४ जना तालिवान आतंककारी मारिएका छन्। त्यहाँ स्थित संयुक्त सेनाले कुन्दुज तथा अन्य भागमा शुक्रबार रातिदेखि विशेष कारबाही शुरु गरेको थियो।

अफगानिस्तानको दक्षिणी भू–भागमा रहेको से दराक नामको प्रान्तमा शुक्रबार रातिदेखि शनिबार बिहानसम्म गरेको कारबाहीमा १६ जना लडाकू मारिएका छन्। १० जना घाइते भएको बताइएको छ। सेनाले कुन्दुजका प्रान्तीय राजधानीबाट केही टाढा तालिवान लडाकूलक्षित हवाई र स्थल कारबाही चलाएको थियो ।

यस्तै अफगानिस्तानको सेनाले कुन्दुज नगरमा पनि हवाई तथा स्थलगत कारवाही गरेको थियो । त्यस कारबाहीका क्रममा अरु ८ जनाको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । स्थानीय एउटा घरमा तालिवानहरु लुकेर बसेको सूचनाका आधारमा अफगान सेनाले कारबाही गरेको थियो।

अफगानिस्तानको सरकार र तालिवानहरुका बीचमा शान्ति वार्ता हुने भनिएपनि हुन सकेको छैन। त्यसैले पछिल्लो समयमा तालिवानहरुले पनि सुरक्षाकर्मीमाथि हमला गर्दै आएका छन् ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker