ट्याक्टरको ठक्करले माटरसाइकलमा सवार दुई जना घाइते

सुनसरी । हुलाकी राजमार्गस्थित भोक्राहा नरसिंह गाँउपालिका ७ मा ट्याक्टरको ठक्करले मोटरसाईकलमा सवार २ जना घाईते हुनुभएको छ । सुनसरीको बर्जु गाउँपालिका ६ का १९ वर्षीय सुमन यादव र २५ वर्षीया रञ्जुदेवी यादव घाईते हुनुभएको हो ।

पुर्वबाट पश्चिमतर्फ जाँदै गरेको को१त ७३८५ नम्बरको ट्याक्टरले बिपरित दिशाबाट आउँदै गरेको को१९प ४८४९ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको थियो । ट्याक्टरको ठक्करले घाइते मोटरसाईकल चालक सुमन यादव र पछाडी सवार रञ्जुदेवीको विराटनगरस्थित हाम्रो अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

ट्याक्टर र चालक सुनसरीको भोक्राहा नरसिंह ७ का २४ वर्षीय मुकेश मण्डललाई प्रहरी चौकी नरसिंहटप्पुले नियन्त्रणमा लिएको छ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker