गाँजासहित एक किशोरी पक्राउ

उदयपुर । बोलेरो पिकअपमा दक्षिणतर्फ आउँदै गरेको अवस्थामा बेलका नगरपालिका ८ कोठुबाट प्रहरीले गाँजासहित एक किशोरीलाई प्रहरीले पक्राउ गरेको छ । भोजपुरको हतुवागढी ४ की १९ वर्षीया सुजता मग्राती पक्राउ परेको हो ।

अस्थाई प्रहरी पोष्ट कोठुबाट खटिएको प्रहरी टोलीले दक्षिणतर्फ जाँदै गरेको बोलेरो पिकअपमा सवार रहेकी मग्रातीको जेब्रा झोलामा लुकाई ल्याएको लागुऔषध गाँजा १ केजी बरामद गरेको जिल्ला प्रहरी उदयपुरले जनाएको छ । मग्रातीलाई ईलाका प्रहरी कार्यालय रामपुरठोक्सिलामा राखेर अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker