
“एन आर एन ए मा इतिहासकै कान्छा कोषाध्यक्ष बनेका गिरिस कडेल अहिले एन आर एन ए ईतिहासकै सम्भवत कान्छा महासचिब मा चयन” गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद (एनआरएनए)चेक गणतन्त्रको छैटौं महाधिवेशनले नयाँ कार्यसमिती चयन गरेको छ । महाधिवेशनले अध्यक्षमा यदुराम पन्थी, महासचिवमा बागलुङ ताराखोलाका एक जुधारु युवा गिरिस कँडेल लगायत २३ सदस्यीय समितीको चयन गरेको हो । यो कार्यसमितिमा वरिस्ठ उपाध्यक्ष एन्जिला सिंह क्षेत्री, उपाध्यक्ष अनिल लामा, गोपाल बस्नेत, पूर्णबहादुर बोहोरा, महिला उपाध्यक्ष आर्जना खड्का, युवा उपाध्यक्ष रेम्बो जिसि, सचिवहरु अर्जुन जैसी, गौरब आचार्य, बिष्णु बहादुर राइमाझी, सोनी डाँगी, कोषाध्यक्ष सुजन तिमल्सिना, सहकोषाध्यक्ष नबिन न्यौपाने रहेका छन् । त्यसैगरी युवा संयोजक सुजन देवकोटा, युवा सहसंयोजक दिलबहादुर बल, महिला संयोजक पबित्रा थापामगर चयन भएका छन् । कार्यसमितिका सदस्यहरु क्रमशः भेसम राज पराजुली, सुशील सुवेदी, विशाल फुयाल, बासु पन्त, दिनेश भण्डारी, केशवराज धिताल रहेका छन्। ७ बर्ष पहिला अध्यनको शिलशिलामा बिदेशिएका गिरिस कँडेल अहिले अहिले पर्यावरणीय कृषि विज्ञान मा बिद्दावारिधि गर्दै छन्। अघिल्लो कार्यकालमा कोषाध्यक्ष को भुमिकामा रहेका उनि बिद्दार्थि र दुखमा परेका को मलम बन्ने पक्का छ । नेपालिहरुका धेरै समस्या मध्य भाषा अनि बिभिन्न कानुनि रुपले नेपालिहरुलाइ धेरै सताएको छ र त्यसको लागि नै दत्तचित्त भएर लाग्ने महासचिव गिरिस कँडेलले जानकारी दिए । नेपालिको लागि नेपालि भन्ने मुल नारालाइ नारालाइ आत्मसाथ गर्दै सम्पुर्ण जिम्मेवारि आफ्नो काधमा आएको र त्यहाँ बसोवास गर्ने सम्पुर्ण नेपालिहरुलाइ एकत्रित बनाएर लैजाने बचनबद्दता पनि महासचिव गिरिस कँडेलले दिए ।