रत्ननगर–५ को वडाध्यक्षमा कांग्रेसका चापागाईंसहित प्यानलै विजयी

रत्ननगर ०३ जेठ । रत्ननगर नगरपालिका वडा नं–५ को वडाध्यक्षमा नेपाली कांग्रेसका बालकृष्ण चापागाईंसहित प्यानलै विजयी भएको छ । एमालेका कृष्ण चौधरीलाई १५० को मतान्तरले पछि पार्दै चापागाईं विजयी भएका हुन् । बालकृष्णले ११६५ मत पाएका छन् भने कृष्णले १०१५ मत प्राप्त गरेका छन् । खुल्ला सदस्यमा नाथुराम महतो १०८३,राजेश महतो १०४६,महिला सदस्य निरु शर्मा १०५७, दलीत महिला सदस्य ज्ञानु सुनार १०८३ मतका साथ विजयी भएका छन् ।

२०७४ सालको निर्वाचनमा सो वडामा एमालेले जितेको थियो । एमालेको गढको रुपमा रहेको सो वडामा कांग्रेसले पहिलो पटक इतिहास रचेको हो ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker