रत्ननगर ०६ साउन । रत्ननगर नगरपालिका वडा नं १ बकुलहरमा रहेको रेडियो अर्पण १०४ दशमलब ५ मेगाहर्ज र अर्पण बचत तथा ऋण सहकारी संस्थाले सयुक्त रुपमा भोली शनिवार रक्तदान कार्यक्रम आयोजना गरेको छ ।
चितवनमा देखिएको रगतको अभावलाई मध्यनजर गरी रक्तदान कार्यक्रम आयोजना गरिएको कार्यक्रम संयोजक ध्रुवराज लामिछानले जानकारी दिए ।
रेडियो अर्पण र अर्पण साकोसको बकुलहर स्थित मुख्य कार्यालय परिसरमा विहान ८ बजेबाट रक्तदान कार्यक्रम सुरु हुने रेडियोका सचिव सुरज पौडेलल जानकारी दिए ।