नेपाल बुद्धिजीवी परिषद (नेबुप) को नगर कमिटी गठन

०४ भाद्र, शनिवार
रत्ननगर, चितवन

नेकपा एमालेको जनबर्गिय संगठन नेपाल बुद्धिजीवी परिषद (नेबुप) को नगर स्तरीय कमिटी गठन भएको छ । जगदिश खनाल को अध्यक्षतामा २३ सदस्यीय समिती गठन भएको हो । रत्ननगर उद्योग बाणिज्य संघको सभाहलमा आयोजित प्रथम नगर अधिवेशनबाट सो कमिटी गठन भएको हो ।


कार्यक्रममा जिल्ला बुद्धिजीवी परिषद्का सदस्य नवराज बरालको अध्यक्षता रहेको थियो भने नेपाल बुद्धिजीवी परिषदका केन्द्रिय सदस्य दिपक प्रकाश शिवाकोटी प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा विशिष्ट अतिथी क्रमश : नेकपा एमाले शिक्षा बिभागका केन्द्रीय सदस्य डा.कपिल सुवेदी, रत्ननगर नगरपालिका नगर उप-प्रमुख यादवप्रसाद पाठक, नेकपा एमाले रत्ननगर नगर कमिटी अध्यक्ष ईश्वरी प्रसाद अर्याल लगायतले कार्यक्रममा शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker