भरतपुर, सप्तगण्डकी अस्पताल र नारायणी डेभलपमेन्ट बैंक लिमिटेड बीच व्यावसायिक समझदारी भएको छ।
सप्तगण्डकी अस्पतालले नारायणी डेभलपमेन्ट बैंकका विशेषाधिकार कार्ड (प्रिभिलेज कार्ड) होल्डर, एकाउन्ट होल्डर, स्टाफ, तथा शेयर होल्डरहरुलाई अस्पतालले प्रदान गर्ने सेवासुविधामा विषेश छुट दिने सम्झौता भएको हो। सम्झौतापत्रमा सप्तगण्डकी अस्पतालका अध्यक्ष डा. अमर श्रेष्ठ र बैंकका प्रमुख कार्यकारी अधिकृत पशुपति पौडेलले हस्ताक्षर गरेका छन्।
बैंकका विशेषाधिकार कार्ड होल्डरहरु एकाउन्टहोल्डरहरु, स्टाफ, तथा शेयर होल्डरहरुले सप्तगण्डकी अस्पतालले प्रदान गर्ने प्याथोलोजी, आइ.सी.यु. बेड, साधारण बेड, मेजर तथा माइनर अपरेशन, फार्मेशी लगायतमा विषेश छुट दिने सम्झौता भएको हो। यस सम्झौतावाट बैंक तथा अस्पताल दुवै पक्षको व्यावसायिक विकास एवं विस्तारमा सहयोग पुग्ने विश्वास लिइएको छ |