खैरहनी महोत्सवको तयारी पुरा,मुख्यमन्त्रीले उद्घाटन गर्ने

माघ ३ गते । बागमती प्रादेशिक एवं दोश्रो खैरहनी महोत्सवको तयारी पुरा भएको छ । नेपाल उद्योग बाणिज्य महासंघ बागमती प्रदेश र उद्योग बाणिज्य संघ खैरहनीको सयुक्त आयोजनामा हुन लागेको महोत्सवको तयारी पुरा भएको हो । पूर्वी चितवनको कृषि,पर्यटन ,व्यापार तथा उद्योग क्षेत्रको विकास र व्यवसाय प्रवद्र्धनका लागि आयोजना गरिएको महोत्सवको बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमरकट्टेलले उद्घाटन गर्ने भएका छन् । यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने तय भएको थियो ।
प्रधानमन्त्रीको विषेश कार्यक्रम परेकाले मुख्यमन्त्रीको प्रमुख आतिथ्यतामा महोत्सवको उद्घाटन हुने आयोजक उद्योग बाणिज्य संघ खैरहनीका अध्यक्ष दिपेन श्रेष्ठले जानकारी दिए । महोत्सव खैरहनी २ लदरी खोला किनारमा हुनेछ । उद्घाटन अघि खैरहनी माध्यमिक विद्यालयको प्रांगढबाट विभिन्न झाँकी सहितको शोभा यात्रा निकालिने छ ।
यस पटकको महोत्सवलाई आर्कषणको रुपमा सेल्फी जोन रहेको छ । जहाँ लोपोन्मुख जनावरसहित अन्य जनावरहरुको प्रतिमूर्ती राखिएको छ । महोत्सवमा ३५० वटा स्टलहरु रहनुका साथै महोत्सव अवधिभर करिव ७० करोड बरावरको कारोवार हुने आयोजकको अनुमान छ । महोत्सवमा सुचना प्रविधि,हस्तकला प्रर्दशनी,कृषि प्रर्दशनी तथा प्रतियोगिता,क्रेता र विक्रेताबीच अन्र्तक्रिया,स्वास्थ्य शिविर,पर्यटन प्रवद्र्धनका लागि विभिन्न कार्यक्रम हुने संघका प्रथम उपाध्यक्ष कुमार खनालले वताए ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker