रत्ननगरको शिवशिखर सहकारी बन्द, बचतकर्ताले गठन गरे संघर्ष समिति

रत्ननगर, चैत २७

रत्ननगरमा रहेको शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले बचतकर्ताको रकम फिर्ता नगरेपछि संघर्ष समिति गठन गरिएको छ । सहकारीले बचतकर्ताको रकम फिर्ता नगरी शाखा कार्यालय बन्द गरेपछि बचतकर्ताले संघर्ष समिति गठन गरेका हुन् । सोमबार रत्ननगरमा भएको सदस्यहरुको बृहत भेलाले सुरेस जंग पाण्डेको अध्यक्षतामा २१ सदस्यीय संघर्ष समिति गठन गरेको हो ।

गठन गरिएको समितिको उपाध्यक्षमा रामचन्द्र मैनाली , सचिवमा छायाँ तिवारी, कोषाध्यक्षमा रुपा गिरी रहेका छन् । समितिको सदस्यहरूमा शंकर पौडेल, नविन ढुङ्‌गाना, राजेन्द्र पौडेल, नविन दुवाडी, सावित्री पाठक, पुष्पा पौडेल, गणेश सुनार, सिरिष थापा, रामकाजी श्रेष्ठ, मनोज कुमार महतो, सरस्वती कोइराला, रामनाथ चौधरी, उज्वल श्रेष्ठ, उमेश केसी, बुधराम (रविन) जोशी, बलराम बगाले र राजेश कुमार कछडीया रहेका छन् ।

समितिले पहिलो चरणमा बचतकर्ताको अभिलेख निकाल्ने, चल्ती, बचत र मुद्दतीको रकम छुट्टाउने, सबै शाखाको सम्पत्ती विवरण र शेयर रकम निकाल्ने, प्रत्येक शाखामा जम्मा गरेको पासबुक र हस्ताक्षर गरेको चेक फिर्ता दिने लगायतको काम गर्ने नवनिर्वाचित अध्यक्ष सुरेश जंग पाण्डेले बताए ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker