कालिकामा मेलमिलापकर्ताका लागि आधारभूत तालिम सुरु

रत्ननगर । पूर्वी चितवनको कालिका नगरपालिकामा मेलमिलापकर्ताहरुको लागि आइतबार देखि आधारभूत तालिम सुरु भएको छ ।

वडा स्तरमा गठन भएका मेलमिलाप समितिका पदाधिकारीहरुलाई न्याय सम्पादनका आधारभूत ज्ञान दिलाउन तालिम आयोजना गरिएको हो । न्यायिक समितिले आयोजन गरेको आठ दिने तालिममा ४३ जनाको सहभागिता रहेको छ । तालिमको उद्घाटन गर्दै मेयर विनोद रेग्मीले राजनीतिक चप्पत बाहिरै राखेर न्याय सम्पादनको काम गर्न मेलमिलापकर्तालाई निर्देशन दिए । दुबै पक्षले जितको महसुस गर्ने गरी न्याय सम्पादन गर्नुपर्छ उनले भने यसो हुन सक्यो भने मात्र स्थानीय सरकारमा गरिएको न्याय सम्पादनको प्रयासले सार्थकता पाउने छ ।

तालिममा राष्ट्रिय प्रशिक्षक बन्धुराज पौडेल र कविता अधिकारीले सहजीकरण गर्नेछन् । तालिममा मेलमिलाप सम्बन्धी कानुनी व्यवस्था, आधारभूत सिद्धान्त र समुहगत प्रयास गरिने छ । न्यायिक समितिका संयोजक तथा उपमेयर विमला तामाङको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत केशवप्रसाद उपाध्याय,न्यायिक समिति सदस्य लक्ष्मीनारायण चौलागाईँ लगायतले मन्तव्य राखेका थिए ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker