कालिका-९ का महिलालाई क्रिष्टलका गहना बनाउने तालिम

रत्ननगर, बैशाख २९ । कालिका नगरपालिका वडा नं ९ मा महिलाहरुलाई आत्मनिर्भर बनाउन क्रिष्टल तथा पोतेका गर गहना बनाउने तालिम शुक्रवार देखि सुरु भएको छ ।

वडा कार्यालय-९ को आयोजना र अस्मि इभेन्टस् म्यानेजमेन्ट कालिका-६ को सहआयोजनामा महिलाहरुको लागि १० दिने क्रिष्टलका गहना (पोते, चुरा) बनाउने तालिम सुरु गरिएको हो ।

वडा नं. ९ का वडा अध्यक्ष निलकण्ठ मगरको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि कालिका नगरपालिकाका नगर प्रमुख विनोद रेग्मीले तालिमको उद्घाटन गरेका छन् । सो अबसरमा उनले यो तालिमले महिलाहरुलाई आत्मनिर्भर बनाउने बताए । महिलाहरुको जीवन यापनलाई सहज बनाउन तालिम सुरु गरिएको उनले बताए ।

४० जना महिलाहरुको सहभागिता रहेको क्रिष्टलका गहना बनाउने तालिमको प्रशिक्षकमा सन्ध्या गैरे पौडेल रहेकाछन् ।

उद्घाटन कार्यक्रममा नगरपालिकका प्रमुख प्रशासकिय अधिकृत केशव प्रसाद उपाध्याय, वडा नं. की वडा सदस्य भुव कुमारी रानामगर, मानकुमारी वि.क लगाएतले मन्तव्य राखेका थिए ।

अस्मि इभेन्टस् म्यानेजमेन्टका प्रोप्राईटर सन्देश रेग्मीले सञ्चालन गरेको कार्यक्रममा वडा सदस्य भुव कुमारी रानामगरले स्वागत मन्तव्य व्यक्त गरेकी थिईन् ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker