रत्ननगर कप फुटबल : भरतपुर ९ सेमिफाईनलमा प्रवेश

रत्ननगर । रत्ननगरकाे टिकौली चौरमा जारी प्रथम रत्ननगर कप फुटबल प्रतियोगितामा भरतपुर ९ सेमिफाईनलमा प्रवेश गरेकाे छ । एभरेष्ट युथ क्लवलाई शुन्यका विरुद्ध २ गाेल अन्तरले पराजित गर्दै भरतपुर ९ सेमिफाईनलमा प्रवेश गरेकाे हाे । खेलमा उत्कृष्ट खेल प्रर्दशन गर्ने भरतपुर ९ का अजित लामा म्यान अफ दी म्याच घाेषित भएका छन् । राष्ट्रिय युवासंघ नेपाल को ३४औं स्थापना दिबसको अबसरमा रत्ननगर नगरकमिटीले आयोजना गरेको सो प्रतियोगितामा १६ टिमको सहभागिता रहेको संघका नगर कमिटी अध्यक्ष सन्देश पन्तले जानकारी दिए । प्रतियोगितामा प्रथम हुने टोलीलाई रु २ लाख २२ हजार २ सय २२ र द्धितीय हुनेलाई रु १ लाख ११ हजार १ सय ११ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने छ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker