रत्ननगरका किसानलाई अनुदानमा कृषि सामग्री

रत्ननगर, जेठ २१ ।
पूर्वी चितवनको रत्ननगरका किसानलाई ५० प्रतिशत अनुदानमा कृषि सामग्री वितरण गरिएको छ । रत्ननगर वडा नम्बर ८ ले आइतबार वडाका १६० जना किसानलाई अनुदानमा स्प्रे ट्‌याकी र त्रिपाल वितरण गरेको हो ।

वडाले ९० जनालाई स्प्रे ट्याङ्की र ७० जनालाई त्रिपाल वितरण गरेको वडाध्यक्ष कृष्ण चौधरीले जानकारी दिए । वितरण गरिएको ५ लाख रकमको कृषि सामग्रीको २ लाख ५० हजार रकम वडाले दिने र वाँकी रकम उपभोक्ताले बेहोर्ने वडाध्यक्ष चौधरीले बताए ।

आर्थिक विकास समितिका संयोजक तथा वडा नम्बर ३ का वडाध्यक्ष सोहेन्द्र राज खरेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा कृषि शाखा प्रमुख प्रविन लामा, पशु शाखा प्रमुख शालिकराम पौडेल, कृषि विकास अधिकृत संयोग पौडेल, वडा सदस्य सिता अधिकारी, विष्णु आचार्य लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम वडा सचिव सुर्य प्रसाद ढुंगानाले संचालन गरेका थिए ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker