कलाकार संकल्प लामिछानेको ‘सुन माया’ सार्वजनिक

रत्ननगर, असार १५ ।

कलाकार संकल्प लामिछाने को ‘सुन माया’बोलको लोक दोहोरी गित सार्वजनिक गरिएको छ । लामो समयदेखी कलाकारितामा सक्रिय संकल्पको दोश्रो सिर्जना ‘सुन माया’ युट्युब मार्फत सार्वजानिक गरिएको हो । एकनारायण भण्डारी को शब्द र बसन्त थापाको लय रहेको गितमा संकल्प लामिछाने र शान्ति श्री परियार को स्वर रहेको छ ।

संगित संयोजन बिनोद बाजुरालीले गरेको गितको म्युजिक भिडियोमा ओबि रायमाझी र नारायणी खत्रीको अभिनय गरेका छन् । युट्युव च्यानल पहिलो पाइला अनलाईन टिभि च्यानल मार्फत सार्वजनिक गरिएको गितलाई नवराज उप्रेतीले खिचेका हुन भने सम्पादन मनोज कार्कीले गरेका छन । भिडियो निर्देशन स्मृति तिमिल्सिना (गुरुआमा) ले गरेकी हुन् । चर्चित सर्जक गायक बसन्त थापाले बर्खामा प्रयोग हुने मकै अनि बोडि को झाल लाई टपक्क टिपेको गितमा एक नारायण भण्डारीको शब्दले गित लाई झन मीठो बनएको छ ।

प्रेमलाई केन्द्रिय गरेर तयार भएको गितमा ओबि र नारायणी को रोमान्स पनि हेर्न पाईन्छ । गायक लामिछानेको यसअघि धोका दिन्छौ कि भन्ने गित बजारमा आईसकेको छ । हास्य कलाकारितामा रमाएका लामिछाने कलाकार हुन दर्जनौ टेलि चलचित्रमा अभिनय र निर्देशन गरेका छन । उनले डामाडोल, तिरिमिरी झ्याई ,मेरि बास्सै समाज ,लगायतका टेलि चलचित्रमा अभिनय गरेका छन् ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker