सिनर्जी एफ.एममा बालकवि सम्मेलन, एक सय बढि विद्यार्थीले कविता वाचन गर्ने

स्वास्थ्यका लागि दूध विषयमा कविता वाचन हुने

भरतपुर ।
५९ औं बाल दिवसको उपलक्ष्यमा सिनर्जी एफ.एम ९१.६ मेघाहर्जले ‘बालकवि सम्मेलन–२०८०’ गर्ने भएको छ । प्रत्येक वर्ष बालदिवसको दिन बालकवि सम्मेलन मार्फत कविता प्रतियोगिताको आयोजना गर्दै आएको सिनर्जी एफ.एमले यस बर्ष पनि कविता प्रतियोगिताको आयोजना गरेको हो । चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडको सहकार्यमा आयोजना गरिएको कविता प्रतियोगितामा यस पटक ‘स्वास्थ्यका लागि दूध’ विषयमा बालबालिकाहरुले कविता वाचन गर्ने छन् । सिनर्जी एफ.एमका कार्यक्रम संयोजक रबिन सुवेदीका अनुसार एक विद्यालयबाट बढिमा दुई विद्यार्थी सहभागी हुन सक्ने छन् ।
प्रतियोगितामा चितवन सहित तनहुँ, नवलपरासी लगायतका विद्यालयबाट एक सय बालबालिकाहरु सहभागी हुने छन्। सुवेदीका अनुसार सहभागिता हुने विद्यालय र विद्यार्थीले आफ्नो नाम २८ गते दिउँसो २ बजे सम्म सिनर्जी एफ.एमको कार्यालय वा ०५६–५१७४७२ र ९८५५०८०९११ मा सम्पर्क गरेर नाम दर्ता गर्न सक्ने छन् । प्रतियोगितामा प्रथम पुरस्कार ४ हजार, द्धितिय पुरस्कार ३ हजार, तृतिय पुरस्कार २ हजार र सान्त्वना पुरस्कार दुई जनालाई प्रमाणपत्र सहित आकर्षक उपहारहरु राखिएको छ । नेपाली वा संस्कृत भाषामा लेखिएको कविता बढिमा ५ मिनेट भित्र सहभागीले बाचन गरिसक्नु पर्ने नियम बनाईंएको छ ।
सिनर्जी एफ.एम. प्रालि भरतपुर – १० को परिसरमा विहान सढे १० बजे देखि शुरु हुने प्रतियोगिताको प्रत्यक्ष प्रशारण सिनर्जी एफ.एम र सिनर्जी एफ.एमको आधिकारीक फेसबुक पेजबाट समेत गरिने छ। चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष किशोर बगालेका अनुसार यो प्रतियोगिताले बालबालिकाहरुको सिर्जनात्मक क्षमताको विकाससंगै दूधको महत्व र आवश्यकता बुझाउन महत्वपूर्ण भुमिका खेल्ने छ ।
बालकवि सम्मेलनमा कस्मिक पब्लिकेशन प्रा.लि., मेट्रो एजुकेशन एकेडेमी, स्टार्स मन्टेश्वरी, ए.बि. सप्लार्यस, मनकामना बुक्स एण्ड स्टेशनरी र सम्पुर्ण किताबले सहकार्य गरेका छन् ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker