कालिकाको गौरव योजना : नगर प्रमुख विपन्न स्वास्थ्य विमा कार्यक्रमको शुभारम्भ

कालिकाका ७९४ विपन्न परिवारको गरियो निःशुल्क स्वास्थ्य बिमा

रत्ननगर । पूर्वी चितवनको कालिका नगरपालिकाले विपन्न परिवारको निःशुल्क स्वास्थ्य विमा गरेको छ । नगर गौरवको योजना अन्तर्गत नगर भित्रका ७९४ घरधुरीको स्वास्थ्य विमा गरिएको हो ।

आइतबार वडा नं ६ को कार्यालयमा आयोजित औपचारिक कार्यक्रममा मेयर विनोद रेग्मीले नगरप्रमुख स्वास्थ्य विमा कार्यक्रमको उद्घाटन गरेका हुन् । पैसा नभएर उपचारबाट बन्चित हुनुपर्ने अति विपन्न समुदायको जीवन रक्षाको लागि सो नगरपालिकाले नगरप्रमुख स्वास्थ्य विमा कार्यक्रम लागु गरी निःशुल्क स्वास्थ्य बिमा गरेको हो । वडा नं १ का ११४, वडा नं २ का ४, वडा नं ३ का १२७, वडा नं ४ का ७३, वडा नं ५ का १०९, वडा नं ६ का १३४, वडा नं ७ का ९८, वडा नं ८ का ८२, वडा नं ९ का ३१, वडा नं १० का १८ र वडा नं ११ का ४ गरी ७९४ घरधुरीको स्वास्थ्य बिमा गरिएको मेयर रेग्मीले जानकारी दिए ।

निःशुल्क स्वास्थ्य बिमाबाट विपन्न परिवारका तीन हजार १७७ जना लाभाम्वित हुनेछन् । सो नगरपालिकाले स्वास्थ्य बिमाको लागि प्रतिपरिवार परिवारसंख्याको आधारमा ३ हजार ५०० देखि सात हजार सम्म लगानी गरेको छ । ७९४ घरधुरीको स्वास्थ्य विमाको लागि नगरपालिकाको २८ लाख ४३ हजार ३०० रुपैया लगानी गरेको छ । विपन्न नगरबासीको स्वास्थ्य बिमाको लागि सो नगरपालिकाले नगर सभा मार्फत ३० लाख रुपैया विनियोजन गरेको थियो । चेपाङ समुदायका परिवारको प्रदेश सरकारले स्वास्थ्य बिमा गर्ने घोषणा गरिसकेकाले सो नगरपालिकाले नगरभित्र रहेका सो समुदायका घरधुरीको भने स्वास्थ्य बिमा गरेको छैन् ।

स्वास्थ्य विमा कार्यक्रम सञ्चालनको लागि नगरप्रमुख विपन्न स्वास्थ्य बिमा कार्यविधि स्विकृति गरी कार्यान्वयनमा ल्याइएको स्वास्थ्य शाखा प्रमुख दीपक भण्डारीले जानकारी दिए । धनाढ्यले सुविधा पाउने र विपन्न त्यसबाट बन्चित हुने अबस्था आउन नदिन सो नगरपालिकाले छनोट प्रक्रियालाई कडाई समेत गरेको थियो । वडाले छनोट गरी पठाएको नाम मेयर संयोजक रहेको निर्देशन समितिले छानविन गर्ने र सो समितिले छनोट गरेको परिवारको विषयमा नगरबासीले दावी विरोध पेश गर्ने गरी सुचना समेत प्रकाशन गरेको स्वास्थ्य शाखा प्रमुख भण्डारीले बताए ।

मेयर रेग्मीले नगरबासी लभग्राहीलाई स्वास्थ्य बिमा कार्ड हस्तान्तरण गरी स्वास्थ्य विमा कार्यक्रमको उद्घाटन गरेका हुन । सो अबसरमा उनले आर्थिक अभावका कारण उपचार गर्न चन्दा उठाउनुपर्ने बाध्यकारी अबस्थाको अन्त्य गर्न विपन्न परिवारको निःशुल्क बिमा गरिएको बताए । अब आर्थिक अभावका कारण उपचार नपाएर कोही पनि मर्नु पर्दैन मेयर रेग्मीले भने पैसा नहुनेको उपचारको जिम्मा स्थानीय सरकारले लिएको छ ।

मेयर रेग्मीले प्रदेश सरकारले चेपाङ समुदायका घरधुरीको स्वास्थ्य बिमा गर्ने घोषणा गरेकाले अहिले सो समुदायलाई समाबेश नगरिएको भन्दै प्रदेश सरकारले नगरे स्थानीय सरकारले उनीहरुको समेत निःशुल्क स्वास्थ्य बिमा गर्ने बताए । वडा नं ६ का वडाध्यक्ष टीकाराम रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा उपमेयर विमला तामाङ, प्रमुख प्रशासकीय अधिकृत चुडामणि शर्मा गौतमले स्वास्थ्य बिमा कार्यक्रमको महत्वका बारेमा बोलेका थिए ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker