कालिका-६ मा क्रिष्टल तथा पोतेका गहना बनाउने तालिम शुरु

रत्ननगर, असोज २२ । पूर्वी चितवनको कालिका नगरपालिकामा क्रिष्टल तथा पोतेका गर गहना बनाउने तालिम तालिम शुरु भएको छ ।

कालिका नगरपालिका वडा नं. ६ को आयोजना तथा सचेत सिर्जनशिल दिदी बहिनी समुहको सहकार्यमा १० दिनसम्म संचालन हुने तालिमको कालिका नगरपालिकाका प्रमुख विनोद रेग्मीले शुभारम्भ गरेका हुन् ।

कार्यक्रममा बोल्दै प्रमुख रेग्मीले तालिम लिएर प्रमाणपत्र सिरानीमा राख्ने खालको नभई तालिमबाट सिकेका कुरा व्यवहारमा उतार्न र व्यवसायीक बन्न आग्रह गरे । महिलाहरुको उद्यमशिलता विकासका लागि तालिमको खाँचो पर्ने बताउँदै यसमा नगरपालिका सधै सहयोग र साथ दिने बताए ।

वडा नं. ६ का वडा अध्यक्ष टिकाराम रेग्मीले तालिमले महिलाहरुलाई आर्थिक रुपमा सक्षम बनाई आत्मनिर्भरतातर्फ अघि बढ्न सहयोग गर्ने बताए । वडा कार्यालयले दिने तालिमले स्वरोजगार हुन मद्धत गर्ने र यसबाट आय आर्जनमा टेवा पुग्ने बताए ।

वडा अध्यक्ष रेग्मीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा उप मेयर विमला तामाङ, कार्यपालिका सदस्य सम्झना परियार, वडा सदस्य प्रकाश लामा, लक्ष्मीनारायण चौलागाई, दुर्गा सुवेदी लगाएतको सहभागिता रहेको थियो ।

३० जना प्रशिक्षार्थीको सहभागिता रहने तालिममा गोमा अम्गाईले प्रशिक्षण दिनेछिन् ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker