पृथ्वी मा.विका विद्यार्थीलाई सडक सुरक्षा तथा ट्राफिक नियम प्रशिक्षण

रत्ननगर, असोज २४ । जिल्लामा हुने सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले सडक सुरक्षा सचेतना कार्यक्रमहरु गर्दै आएको छ ।

जिल्लामा सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले ट्राफिक प्रहरीले विभिन्न संघसस्थाको समन्वयमा सवारीसाधनका चालक, विद्यार्थी देखि नागरिकहरुलाई ट्राफिक नियमका बारेमा सचेत गराउनका लागि सडक सुरक्षा तथा ट्राफिक नियमको बारेमा प्रशिक्षण कार्यक्रम गर्दै आएको हो ।

यसैक्रममा बुधवार सचेत सृजनशिल महिला दिदी बहिनी समुह समाज र जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनको संयुक्त आयोजनामा चितवनको कालिका नगरपालिका वडा नं. ७ भटेनीमा रहेको पृथ्वी माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई सडक सुरक्षा तथा ट्राफिक नियम सडक सुरक्षा सम्बन्धी सचेतनामूलक प्रशिक्षण दिइएको छ ।

पृथ्वी माध्यमिक विद्यालयमा अध्ययनरत २ सय ४० जना विद्यार्थी तथा सृजनशिल महिला दिदी बहिनी समुहका २५ जना महिलाहरुलाई प्रहरी नायब निरिक्षक कृष्णज्यू ठकुरीले सडक सुरक्षा सचेतना तथा ट्राफिक नियम सम्बन्धी प्रशिक्षण दिएका हुन् ।

उनले प्रशिक्षणका क्रममा विद्यार्थीहरुलाई सवारीसाधन तथा पैदल रुपमा सडकमा हिड्दा अनिवार्य रुपमा ट्राफिक नियमको पालना गर्न आग्रह गरेका थिए ।लापरवाहीका कारण सडक दुर्घटना हुने र दुर्घटनामा मानवीय क्षती समेत हुने सक्ने जोखिम हुने भएकाले विद्यार्थीहरुलाई अनिवार्य रुपमा लाइसेन्स प्राप्त गरेर मात्र सवारीसाधन चलाउने, सडक पार गर्दा होस वा पैदल यात्राका क्रममा आफ्नो साइडमा हिड्ने, सवारीसाधनको क्षमताभन्दा धेरै नढ्ने र जहाँ पायो त्यहीबाट सडक पार नगर्नेलगायतका बारेमा प्रशिक्षण दिएका थिए ।

कार्यक्रमका प्रमुख अतिथि कालिका वडा नं. ७ का वडा अध्यक्ष कमलराज मोक्तानले ट्राफिक सचेतना कार्यक्रमले सांकेतिक सन्देश दिएको भन्दै उनले सरोकारवालले आफ्नो ज्यान बचाउन सडकमा आउँदा आवश्यक सम्पूर्ण सुरक्षा अपनाउनुपर्ने बताए ।

कालिका वडा नं. ६ वडा अध्यक्ष टिकाराम रग्मीले दुर्घटना न्यूनीकरण गर्न, सडक अनुशासन कायम राख्न, सडक प्रयोगकर्तालाई जिम्मेवारी बोध गराउन यो कार्यक्रमले महत्त्वपूर्ण भूमिका खेल्ने बताए ।

विद्यालयका प्रध्यानाध्यापक प्रकाश चन्द्र अर्यालले सडकको अवस्था, सवारी साधनको खराब अवस्था र सवारीको यान्त्रिक गडबडी र सडक प्रयोगकर्तामा ट्राफिक नियमको पर्याप्त ज्ञानको अभाव पनि सवारी दुर्घटनाका कारण बनेकाको बताए । विद्यालयका सबै विद्यार्थीहरुलाई आलोपालो गरि ट्राफिक नियमको पालना तथा सडक सुरक्षा सम्बन्धी विषयमा प्रशिक्षण दिने योजना अघि बढाइएको विद्यालयले जनाएको छ ।

कार्यक्रम संयोज बिरञ्जना सापकोटा घिमिरेले सवारी चालक, सडक प्रयोगकर्तालगायत आमनागरिकलाई सडक सुरक्षा र दुर्घटना न्यूनीकरण सम्बन्धमा सुसूचित गराउने, सडक अनुशासन र सुरक्षित प्रयोगका सम्बन्धमा सचेत गराउने उद्देश्यका कार्यक्रम आयोजना गरिएको बताईन् ।

सृजनशिल महिला दिदी बहिनी समुह समाजकी अध्यक्ष इन्दिरा भट्टको अध्यक्षतामा सम्पन्न भएका कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बोदनाथ लामिछाने, कार्यपालिका सदस्य सम्झना परियार, वडा नं. ६ की वडा सदस्य दुर्गा सुवेदी लगाएतको सहभागिता रहेको थियो ।

संस्थाकी सचिव राधिका अर्याललले सञ्चालन गरेकी कार्यक्रममा उपाध्यक्ष मालति भट्टराईले स्वागत मन्तव्य राखेकी थिईन् ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker