काव्यकुञ्जले मङ्सिर २ गते नृपेश उप्रेतीको एकल गजल वाचन कार्यक्रम गर्दै !

रत्ननगर, २७ कात्तिक ।
गजलकार नृपेश उप्रेतीको एकल गजल वाचन हुने भएको छ । काव्यकुञ्ज साहित्य प्रतिष्ठानले रत्ननगर वाङ्मय परिषद्को सहकार्यमा उप्रेतीको एकल गजल वाचन कार्यक्रम गर्न लागेको हो ।

काव्यकुञ्ज काव्य परिक्रमा – २ अन्तर्गत आगामी मङ्सिर २ गते दिउँसो २ बजे रत्ननगर नगरपालिकाको सभाहलमा कार्यक्रम गर्न लागिएको काव्यकुञ्ज साहित्य प्रतिष्ठानका अध्यक्ष कमल अर्यालले जानकारी दिए । रत्ननगर नगरपालिकाको पिठुवा निवासी उप्रेती हाल बेलायतमा बसोबास गर्दै आएका छन् । उनको `मुसाफिर´ गजलसङ्ग्रह प्रकाशित छ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker