काब्य परिक्रमामा गजलकार नृपेश उप्रेतीको एकल गजल बाचन

रत्ननगर । पूर्वी चितवनको रत्ननगरमा गजलकार नृपेश उप्रतीको एकल गजल बाचन कार्यक्रम गरिएको छ । काब्यकुञ्ज साहित्य प्रतिष्ठानको काब्यकुञ्ज परिक्रमा २ अन्तर्गत उक्त कार्यक्रम गरिएको हो । रत्ननगर बाङ्मय परिषद्को सहकार्यमा गरिएको सो कार्यक्रममा गजलकार उप्रेतीले एक दर्जन बढी गजल सुनाए ।

रत्ननगरमा उप्रेती गुन्जिदा यहाँका बरिष्ट कवि, साहित्यकार र गजलकार समेत नतमस्तक बनेका थिए । गजलकार उप्रेतीले अधिकांश गजल प्रेमभावमा केन्द्रीत रहेर सुनाए । प्रेममा विछोड र प्रेमले मानवीय जीवनमा खेल्ने भूमिकालाई उप्रेतीले गजलमा उतारे । प्रेमको प्राप्ति र समर्पणलाई सम्बोधन गरेर लेखेका गजल पनि उनले सुनाए । रत्ननगर १४ निवासी उप्रेती हाल बेलायतमा बस्छन् । विदेशमा बसेर नेपाली भाषा र साहित्यको उत्थानको लागि महत्वपूर्ण भूमिका खेलेका उप्रेतीले मुसाफिर गजल संग्रह प्रकासन गरेका छन भने उनका १०० बढी गीतिगजल रेकर्ड गरिएका छन् ।

कार्यक्रममा रत्ननगर बाङ्मय परिषद्का अध्यक्ष रामबाबु घिमिरेले विदेशी भूमिमा रहेर पनि उप्रेतीको नेपाली साहित्य र भाषाप्रतिको प्रेम प्रशंसनीय रहेको बताए । कार्यक्रममा गजल मञ्च चितवनका अध्यक्ष लेखराम सापकोटाले गजलकार उप्रेतीको जीवनीबारे प्रकाश पारेका थिए । काब्यकुञ्ज साहित्य प्रतिष्ठानका अध्यक्ष कमल अर्यालले नेपाली साहित्यको रक्षाका लागि काब्यकुञ्ज परिक्रमा सुरु गरिएको बताए ।

कार्यक्रममा वडाध्यक्ष सोहेन्द्रराज खरेल, बरिष्ट साहित्यकार केशबराज आमोदी, धनराज गिरी लगायतको सहभागिता रहेको थियो ।

 

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker