रत्ननगरमा राष्ट्रिय प्रजातन्त्र पार्टीको क्षेत्रीय भेला

रत्ननगर । पूर्वी चितवनको रत्ननगरमा आइतबार राष्ट्रिय प्रजातन्त्र पार्टीको क्षेत्रीय भेला गरिएको छ । सो पार्टीको केन्द्रीय समितिले सुरु गरेको भूगोल केन्द्रीत नविन राप्रपा अभियान अन्तर्गत चितवन क्षेत्र नं १ को क्षेत्रीय भेला गरिएको हो । सो पार्टीको क्षेत्रीय समितिले आयोजना गरेको सो भेलाको प्रमुख अतिथि नेपाल सरकारका पूर्वमन्त्री तथा पार्टीका केन्द्रीय उपाध्यक्ष विक्रम पाण्डेले उद्घाटन गरेका थिए । सो अबसरमा उनले मुलुकमा विद्यामान जरजर अबस्थाको अन्त्यको लागि निर्णायक आन्दोलनको आवश्यकता रहेकाmे बताए । पार्टीलाई मजबुत बनाउदै देशलाई संकटबाट जोगाउन राप्रपाले भूमिका खेल्ने बताए । ठुलादलहरुको गैरजिम्मेवारी पनका कारण मुलुकमा आर्थिक संकट चुलिएको भन्दै पाण्डेले बेतिथि अन्त्यको लागि जनस्तरबाट खबरदारी गर्नेपर्नेमा जोड दिए । कार्यक्रममा अभियान अन्तर्गत पार्टीले सञ्चालन गरिरहेको पार्टी सुदृढिकरण तथा संगठन निर्माणका विषयमा छलफल गरिएको थियो । क्षेत्रीय भेलामा खैरहनी वडा नं १ र २ बाट अन्य पार्टी परित्याग गरी ३७ जना र रत्ननगर वडा नं ४ र ८ बाट १७ जना राप्रपामा प्रवेश गरेको क्षेत्रीय अध्यक्ष बलराम खनालले जानकारी दिए । सो अबसरमा क्षेत्रीय अध्यक्ष खनालले राप्रपाप्रतिको विश्वास बढ्दै गएको भन्दै पार्टी भित्र बसेर गलत क्रियाकलाप गर्नेलाई कारबाही गर्ने बताए । हामी पार्टी बनाउन लागेका छौं उनले भने नगर र क्षेत्रीय स्तरका नेताहरुले पार्टी विरोधी काम गरे कारबाही गरिने छ । कार्यक्रममा राप्रपाका महामन्त्री शरदराज पाठक,सहमहामन्त्री रिना गुरुङ, केन्द्रीय सदस्यहरु रामशरण पाठक, मीना न्यौपाने, रामहरि कँडेल, बागमती प्रदेश सहसचिव माधव भट्टराई, जिल्ला सदस्य हरि अधिकारी, प्रदेश ख अध्यक्ष हरिशरण भट्टराई लगायतले मन्तव्य राखेका थिए । क्षेत्रीय अध्यक्ष खनालको अध्यक्षतामा भएको कार्यक्रममा कालिका नगर अध्यक्ष गोपाल पाण्डेले स्वागत मन्तव्य राखेका थिए ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker