‘लक्की फिल्मी अवार्ड’ को दोस्रो संस्करण आगामी असार ८ मा हुने

चितवन। सबै खाले कार्यक्रमको एउटै आधार लक्की मिडिया हाउस चितवनले आयोजना गर्ने लक्की फिल्मी अवार्डको दोस्रो संस्करण आगामी असार ८ गते हुने भएको छ । मिडियाका महाप्रबन्धक हरि कार्की लक्कीले एक विज्ञप्ती जारी गर्दै दोस्रो संस्करणको लक्की फिल्मी अवार्ड २०८१ असार ८ गते गरिने जानकारी दिनुभयो ।

मोफसलकै चर्चित लक्की मिडिया हाउस चितवनको आयोजनामा ‘चलचित्र उद्योगको प्रर्वद्धन र प्रोत्साहन, कलाकारलाई हौसला र सम्मान’ भन्ने नाराका साथ लक्की फिल्मी अवार्डको दोस्रो संस्करण गर्न लागिएको कार्कीको भनाइ छ । मोफसलमा रहेर पनि नेपाली सिनेजगतको संरक्षण र जगेर्ना गर्नका लागि अवार्ड कार्यक्रम आयोजना गरिएको हो । अवार्डको कार्यक्रममा २४ विधामा कलाकारलाई सम्मान गर्ने कार्कीले बताउनु भएको छ ।

‘लक्की फिल्मी अवार्डको पहिलो संस्करण केही समय अघि सफलताका साथ सम्पन्न गर्न पाउँदा हामी उत्साहित भएका छौँ’ उहाँले भन्नुभयो, ‘दोस्रो संस्करण असार ८ गते गर्ने गरी हामी तयारीमा जुटेका छौँ ।’ चितवनको इतिहासमा नै लक्की मिडिया हाउसले पहिलो पटक फिल्मी अवार्ड गरेको उहाँले बताउनुभयो । अवार्डका दोस्रो संस्करणका लागि आयोजकले प्रचार–प्रसार र अन्तरक्रिया कार्यक्रमलाई तीव्र बनाएको उहाँले बताउनुभयो ।

विभिन्न जिल्लामा गएर अवार्डमा सहभागी हुनका लागि निमन्त्रणा दिने, अन्तरक्रिया गर्ने र भेटघाटका कार्यक्रम अघि बढाइने कार्कीले जानकारी दिनुभयो । विसं २०७१ सालमा चितवनमा स्थापना गरिएको लक्की मिडिया हाउसले मोफसलमा रहेर नेपाली सिनेमा बजारको प्रचार र यसकोे प्रर्वद्धननका लागि विभिन्न कार्यक्रम गर्दै आएको छ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker