राप्तीको झुर्झुरेमा २१८ जनाको आँखा परीक्षण

राप्ती । पूर्वी चितवनको राप्ती वडा नं ३ झुर्झुरेमा बुधबार आयोजना गरिको आँखा शिविरमा २१८ जनाको आँखा परीक्षण गरिएको छ । राप्ती नगरपालिका वडा नं ३ को आयोजना, ज्येष्ठ नागरिक संघ झुर्झुरे उपशाखाको सहआयोजना तथा भरतपुर आँखा अस्पतालको प्राबिधिक सहयोगमा गरिएको शिविरमा शिविरमा १०९ जना महिला र १०९ जना पुरुष सहित २१८ जनाको आँखा जाँच गरिएको वडाध्यक्ष शिवकान्त ओलीले जानकारी दिए । त्यस्तै परीक्षणका क्रममा २५ जनामा मोतियाबिन्दुको समस्या देखिएको र ती मध्ये १३ जनालाई मोतियाबिन्दुको निःशुल्क शल्यक्रियाको लागि भरतपुर आँखा अस्पताल लगिएको वडाध्यक्ष ओलीले जानकारी दिए । उद्घाटन कार्यक्रममा वडाध्यक्ष ओलीले आफ्नो वडा भौगोलिक बिबिधता र बिकट रहेकोले यस्ता शिविर वरदान सावित हुने बताए । आउजाउ गर्न असजिलो हुने तथा आर्थिक कारणले आँखा जाँच गर्न बाट बन्चित स्थानीयले शिविरबाट लाभ लिएको उनको भनाई छ । भरतपुर आँखा अस्पतालको प्राविधिक सहयोग रहेको उक्त कार्यक्रममा दिपेन्द्र सुवेदी नेतृत्वको चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले विरामीको आँखा जाँच गरेका थिए ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker