रत्ननगर महोत्सव अन्तर्गत साहित्य गोष्ठी सम्पन्न

रत्ननगर । टिकौल‌ी चौरमा जारी रत्ननगर महोत्सव अन्तर्गत शनिबार साहित्य गोष्ठी गरिएको छ । रत्ननगर उद्योग बाणिज्य संघको आयोजना तथा महिला उद्यमी गोष्ठी व्यवस्थापन समितिको व्यवस्थापनमा गोष्ठीको गरिएको हो ।

महोत्सव अन्तर्गत कला साहित्यको विकासको लागि साहित्य गोष्ठी आयोजना गरिएको हो । संघका अध्यक्ष शंकर गिरीको अध्यक्षतामा भएको कार्यक्रममा कवि तथा साहित्यकारहरुले कविता मार्फत जिल्लाको आर्थिक विकासको चर्चा गरेका थिए । रत्ननगर बाङ्मय परिषद्का अध्यक्ष रामबाबु घिमिरे प्रमुख अतिथि रहेको सो कार्यक्रममा संघका पूर्व अध्यक्ष गोपालराज कर्माचार्य, नारायणकाजी श्रेष्ठ, साहित्यकार तिलकराज शर्मा, धनराज गिरी लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा कवि तथा साहित्यकारहरु राजेन्द्र घायल, सुरेशचन्द्र आचार्य,कृष्णा शर्मा, मोदनाथ मरहठ्ठा, किसान प्रेमी, गणेश प्रसाद शर्मा, रामलाल कुमाल, दुर्गा पुरी, लीलादेवी दाहाल, चेतनाथ रेग्मी, दुर्गाप्रसाद पौडेल, सर्वज्ञ पौडेल, गिरीराज डल्लाकोटी, यमुना न्यौपाने लगायतले रचना बाचन गरेका थिए । कार्यक्रम संघकी कार्यसमिति सदस्य लक्ष्मी श्रेष्ठ कर्मचार्यले सञ्चालन गरेकी थिइन । रत्ननगर महोत्सवको १२ औं संस्करणमा कृषि र पर्यटनलाई प्राथमिकता दिइएको छ ।

महोत्सवमा उद्योग, व्यापार, कृषि, पर्यटन, स्थानीय कला र संस्कृति सहित राष्ट्रिय, अन्तराष्ट्रिय तथा बहुराष्ट्रिय गरि करिब ४५० स्टलहरु रहेका छन् । यस पटकको महोत्सवमा तीन लाख भन्दा बढी दर्शकहरुले अवलोकन गर्ने र करीब २५ करोडभन्दा बढिको कारोबार हुने अपेक्षा र अनुमान गरिएको संघका बरिष्ट उपाध्यक्ष निराजन खनालले जानकारी दिए । रत्ननगर महोत्सव माघ ८ गते सम्म चल्ने छ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker