सौराहामा सार्क स्तरीय फिल्म फेस्टिबल सुरु

रत्ननगर । चितवनको पर्यटकीय नगरी सौराहामा विहीबार देखि सौराहा साउथ एशियन फिल्म फेस्टिबल सुुुरु भएको छ । क्याराभान नेपालले रत्ननगर वडा नंं ७ चित्रसारी खेल मैदानमा फेस्विलको आयोजना गरेको हो । रत्ननगर नगरपालिकाका प्रबक्ता कुलप्रसाद सापकोटा प्रमख अतिथि रहेको उद्घाटन कार्यक्रममा बरिष्ठ चलचित्रकर्मी नीर विक्रम शाह, नायक शिव श्रेष्ठ, जनबादी गायक जीवन शर्मा, बरिष्ठ निर्देशक प्रकाश सायमी, वडा नं ७ का वडाध्यक्ष सजना महतो लगायतको उपस्थिति रहेको थियो । नेपाली चलचित्रको विकास र सौराहा सहित चितवनको पर्यटन प्रबर्द्धन गर्ने उद्देश्यले अन्तराष्ट्रिय स्तरको चलचित्र महोत्सवको आयोजना गरिएको क्याराभान नेपालका अध्यक्ष तथा चलचित्र निर्देशक विमल पौडेलले बताए । समृद्धिको पूर्वाधार, पर्यटनको आधार’ भन्ने मुल नाराका साथ नेपाली चलचित्र र चलचित्रको माध्यमबाट चितवन सहित नेपालको पर्यटन विकासको लागि अन्तरष्ट्रिय स्तरको फिल्म फेस्टिबल आयोजना गरिएको उनले बताए । फेस्टिबलमा चलचित्र, पर्यटन तथा स्थानीय परम्परागत खानाका स्टल हरु रहेका छन् । ५० हजार दर्शकले अवलोकन गर्ने र एक करोड बढीको कारोवार हुने अनुमान र अपेक्षा गरिएको छ । रत्ननगर नगरपालिकाको मुख्य सहयोगमा सञ्चालन हुने सो फेस्टिबलमा उत्कृष्ट चलचित्र, उत्कृष्ट निर्देशन र उत्कृष्ट लेखन विधामा तीन वटा चलचित्रलाई अवार्ड प्रदान गरिने चलचित्र निर्माता संघका सचिव तथा महोत्सव मुल समारोह समितिका निर्देशक किसान पोखरेलले जानकारी दिए । सौराहालाई अन्तराष्ट्रिय स्तरको सुटिङ स्पोटको रुपमा विकास गर्न सकिने उनको भनाई छ । फेस्टिबलबको सहयोगी संस्थाको रुपम चलचित्र विकास वोर्ड, नेपाल पर्यटन वोर्ड, नेपाल टेलिकम, बागमती प्रदेश, पर्यटन मन्त्रालय, भरतपुर महानगरपालिका, माडी नगरपालिका, खैरहनी नगरपालिका, कालिका नगरपालिका, राप्ती नगरपालिका, इच्छाकामना गाँउपालिका, गैंडाकोट नगरपालिका, देवघाट गाँउपालिका, हेटौडा उपमानहनगरपालिका रहेका छन् । फेस्टिलमा नेपाली चलचित्र, वृत्तचित्र तथा सर्ट फिल्म अवार्ड वितरण, सार्क स्तरका चलचित्रहरुको प्रर्दशन, चलचित्रकर्मीहरुको जीवनी सम्बन्धी साक्षतकार, नेपाली चलचित्रको अन्तराष्ट्रिय बजार र पर्यटन विकास सम्बन्धी अन्तर्क्रिया गरिने पोखरेलले जानकारी दिए । फेस्टिबलमा राष्ट्रिय स्तरका कलाकारहरु राजु परियार, जीवन शर्मा, शान्ति श्री परियार, शिला आले, पशुपति शर्मा, हिमाल सागर, टीका प्रसाई, सरोज विरही, ज्योती मगर, कृष्ण कंडेल, शम्भुजित बास्कोटा, एलिना चौहान, रचना रिमाल, भाइवर साइमन, कुल व्वाई, साथै स्थानीय कलाकार तथा व्याण्डकको प्रस्तुती रहने क्याराभान नेपालकी सदस्य शान्ति पाख्रिनले जानकारी दिइन । उद्घाटन कार्यक्रम क्याराभान नेपालका अध्यक्ष विमल पौडेलको अध्यक्षतामा भएको थियो । फेस्टिबल पाँच दिन सम्म चल्ने छ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker