वोष्टन कलेजको पूर्व विद्यार्थी समाजमा पाण्डे चयन

रत्ननगर । वोष्टन इन्टरनेशनल कलेजमा पूर्व विद्यार्थी समाज गठन गरिएको छ । शनिबार कलेजमा सम्पन्न पूर्व विद्यार्थीहरुको भेलाले सुरेश जंग पाण्डेको अध्यक्षतामा समाजको समिति गठन गरिएको हो ।

समितिको उपाध्यक्षमा अन्जली झवार, सचिवमा राज सापकोटा, सहसचिवमा कृष्णकुमारी पौडेल, कोषाध्यक्षमा राजदिप ओझा र सदस्यहरुमा सन्देश वाग्ले, कौशल श्रेष्ठ, ओमप्रकास सापकोटा, सागर कार्की, सिर्जना बस्नेत, सन्तोष सुवेदी चयन भएका छन् । विद्यालयका कार्यकारी निर्देशक राजु लामा प्रमुख अतिथि रहेको भेलामा विद्यालयका निर्देशक पुष्पराज अधिकारी, शिक्षकहरु जगदिश तिमिल्सिना, मीन प्रसाद दुवाडी लगायतले मन्तव्य राखेका थिए । पूर्व विद्यार्थी गोविन्द ढकालको अध्यक्षतामा भएको कार्यक्रम शिक्षक प्रेम गैरेले सञ्चालन गरेका थिए । कार्यक्रममा नवनिर्वाचित अध्यक्ष पाण्डेले विद्यार्थीलाई एकताबद्ध गर्दै कलेजको संस्थागत विकास तथा शैक्षिक गुणस्तर सुधारको लागि प्रयास गर्ने बताए । ७०० विद्यार्थी अध्ययनरत सो कलेजमा पोखरा विश्व विद्यालयबाट सम्बन्धन प्राप्त कलेज हो । सो कलेजमा स्नातकोत्तर एमवीए, वीवीए र वीसीएसआइटी को पढाई हुँदै आएको छ । सो कलेजबाट हाल सम्म करिब २ हजार विद्यार्थीले अध्ययन पुरा गरेका छन् ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker