कालिका-४ मा पिसाबको हिसाव कार्यक्रम सम्पन्न

रत्ननगर, फागुन १८ । चितवनको कालिका नगरपालिका वडा नं. ४ मा वातावरणीय (इकोसान) प्रवद्र्धनका लागि पिसाबको हिसाव कार्यक्रम समापन भएको छ ।

कालिका वडा नंं.४ को आयोजनामा भएको तीन दिने पिसाबको हिसाव कार्यक्रम शुक्रवार सम्पन्न भएको हो ।

वडा नं. ४ का वडा अध्यक्ष मकरमान श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा कालिकाका उप मेयर बिमला तामाङ प्रमुख अतिथि रहनुभएको थियो । कार्यक्रममा मन्तव्य राख्नुहुँदै उप मेयर तामाङले ईकोसान युक्त चर्पी निर्माण गरी यसबाट उत्पादन हुने नाईट्रोजनलाई सही मात्रामा प्रयोग गरी मलखाद्य बन्नमा सहयोग गर्ने भएकाले सो प्रति सबै जागरुक बन्नुपर्नेमा जोड दिनुभयो ।

पिसावले खेतवारीमा मल र विषादीको काम गर्ने भएकाले उत्पादन पनि बढ्ने बताउनुभयो । पदमपुरका केरा तथा तरकारी बारीहरुमा अत्याधिक विषादीको प्रयोग भईरहेकाले यहाँका नगरबासिहरु क्यान्सर पिडीत भइरहेको बताउनुभयो । वातावरणीय (इकोसान) प्रवद्र्धनका लागि बजारमा पाईने विषदी भन्दा पिसाबलाई मल र औषधीको रुपमा प्रयोग गर्न आग्रह गर्नुभयो ।

प्रमुख प्रशासकिय अधिकृत चुढामणी शर्मा गौतमले पिसावको सहि सदुपयोग गर्न सकेमा खेतवारीमा हालिने युरीया मलको काम पिसाबले गर्ने बताउनुभयो । बिना प्रयोगमा रहेको पिसाबलाई खेतबारीमा हालेमा प्राङ्गारिक मल हुनुका साथै विदेशबाट आयातित मलहरु बिस्तापित हुनुका साथै राज्यको पैसा राज्यमै रहुका साथ साथै माटोको उर्वरा शक्तिमा ह्रास नआउने बताउनुभयो ।

इकोसानले पृथ्वीमा खेर गईरहेका फोहोरलाई एकै स्थानमा सानो स्थान दिने भएकाले पर्यावरणमा मद्धत पुग्ने बताउनुभयो ।

ईकोसान चर्पी निर्माण गरी यसबाट प्रारम्भिक मल उत्पादन गर्न सकिने विश्वास तालिममा सहभागिहरुले जोड दिएका छन । तीन दिन सम्म सञ्चालन भएको तालिममा श्रीरेन्द्र प्रकाश पोखरेलले सहभागिहरुलाई प्रशिक्षण दिनुभएको थियो । तालिममा ५३ जनाको सहभागिता रहेको थियो ।

कार्यक्रम वडा नं. ४ का वडा अध्यक्ष मकरमान श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker