लाइसियम स्कुलमा विद्यार्थीहरुको प्रतिभा प्रस्फुटन प्रतियोगिता सम्पन्न

फागुन १९ गते शनिवार, चितवन ।
रत्ननगगर नगरपालिका वडा नम्वर १ मा रहेको लाइसियम इन्टरनेशनल मोडल स्कुलले शनिवार एक समारोह विच लाइसियम प्रतिभा प्रस्फुटन प्रतियोगिता सिजन–६ सम्पन्न गरेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डा. मधुसुदन लामिछानेको अध्यक्षता र वडा अध्यक्ष कुल प्रसाद सापकोटाको प्रमुख आतिथ्यमा जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समितिका सदस्यहरु, शिक्षक अभिभावक संघका सदस्यहरु, छिमेकी टोल विकास संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु सहित अभिभावक, शिक्षक, कर्मचारी र विद्यार्थीहरुको उपस्थितिमा ज्वालामूखी विस्फोटनको नमूना सहित वडा अध्यक्ष सापकोटोले कार्यक्रममो समुद्घाटन गर्नु भएको थियो । प्रतियोगितात्मक प्रतिभा प्रस्फुटन कार्यक्रममा कक्षा ४ देखि कक्षा ९ सम्मका २५ जना विद्यार्थीहरुको सहभागिता रहेको थियो भने कक्षा तीन सम्मका विद्यार्थीहरुले समेत कक्षागत रुपमा विविध प्रतिभा प्रदर्शन गरेका थिए । विद्यालयमा विद्यार्थीहरुले तयार गरेको विज्ञान, कला, साहित्य लगायतको आकर्षक प्रस्तुति र फुड स्टलको अवलोकन पश्चात वडा अध्यक्ष सापकोटाले लाइसियम स्कुलले प्रत्येक वर्ष नयाँ नयाँ रचनात्मक कृयाकलापहरु सञ्चालन गरेर विद्यार्थीहरुलाई समय सापेक्ष र व्यवसायिक ज्ञान दिने प्रयत्न गरेकोमा आफुलाई खुशी लागेको र अभिभावक तथा बालवालिकाहरुलाई सकारात्मक परामर्शका कार्यक्रमहरु सञ्चालन गरी सुरक्षित विद्यालय बनाउने तर्फ पहल गर्न सुझाव समेत दिनु भयो ।


विद्यालयका शिक्षक भिमा कुमारी थापाले सञ्चालन गरेको उक्त कार्यक्रममा प्रवन्ध निर्देशक सन्तोष पन्तले स्वागत मन्तव्यका क्रममा बालबालिकाको प्रतियोगितात्मक प्रस्तुती, विज्ञान सहित आर्ट र क्राफ्टको प्रस्तुति तथा कक्षा सातका विद्यार्थीहरुले तयार गरको फुड फेस्टीवलका बारेमा जानकारी गराउनु भएको थियो भने उपस्थित अतिथि तथा अभिभावकहरुले रुचिपूर्ण तरिकाले विद्यार्थीहरुको रचना तथा प्रस्तुतिको अवलोकन गर्नु भएको थियो । विद्यालयकी पूर्व विद्यार्थी तथा सिजन २ की विजेता ऋची चौधरी र शिक्षक शारदा आचार्यले निर्णायकको भूमिका निर्वाह गरेको उक्त प्रतियोगितामा कक्षा ७ कि छात्रा रहिसा अधिकारी प्रथम, कक्षा ९ कि छात्रा सन्दिपा कुमाल द्धितिय स्थान सहित उत्कृष्ट सिर्जनात्मकता र कक्षा ७ कि छात्रा समिक्षा पौडेल तृतिय स्थान सहित उत्कृष्ठ मुस्कान घोषीत भएकि थिइन् । यसै गरी उत्कृष्ट आत्म विश्वासमा कक्षा ५ का छात्र अर्पण पराजुली, उत्कृष्ट क्याटवाकमा कक्षा ९ कि छात्रा वर्षा राना, उत्कृष्ट पोशाकमा कक्षा ५ कि छात्रा रिदिस्मा पौडेल, उत्कृष्ट अनुशासनमा कक्षा ५ कि छात्रा निमिसा महतो र उत्कृष्ट व्यक्तित्वमा कक्षा ४ कि छात्रा सदिक्षा मिश्र घोषीत भई पुरस्कृत भएका थिए । कार्यक्रमका सभापति, तथा अतिथिहरुले सहभागि सबै विद्यार्थीहरुलाई प्रमाण पत्र तथा विजेताहरुलाई पुरस्कार वितरण पश्चात समारोहका सभापति डा. लामिछानेले सहभागि तथा विजेता सवै विद्यार्थीहरुलाई हार्दिक धन्यवाद दिदैं आगामी दिनमा अझै उत्कृष्ट प्रस्तुतिका लागि शुभकामना व्यक्त गर्नु भएको थियो ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker