बजार बिक्री प्रतिनिधि संघको महासचिवमा रमेश नेपालको उमेदवारी घोषणा

रत्ननगर, फागुन २२ ।

नेपाल बजार बिक्री प्रतिनिधि संघको केन्द्रिय महसचिव पदमा रत्ननगरका रमेश नेपालले उमेदवारी घोषणा गरेका छन् । १४ बर्षदेखी संघमा आबद्ध नेपालले केन्द्रिय महासचिव पदका लागि उमेदवारी घोषणा गरेका हुन् । नेपाल सरकारको स्वतन्त्र ट्रेड युनियन मान्यता प्राप्त भएपछी रत्ननगरमा फागुन २५ र २६ गते हुन लागेको पहिलो राष्ट्रिय महाधिवेशनले नयाँ कार्यसमिति चयन गर्दैछ ।

वि.सं २०६६ सालदेखी नेपाल बजार प्रतिनिधि संघ लुम्बिनी इकाई बाट सबैभन्दा कान्छो सदस्यको रुपमा आबद्ध भएका नेपाल संस्थाको काम, कर्तब्य र संस्थाप्रति निष्ठावान भई काम गर्ने सदस्यको रूपमा परिचित छन् । हाल संस्थाको केन्द्रिय संगठन सचिवको रुपमा रहेका नेपालले संस्थालाई विधि र बिधान अनुरुप ब्यबस्थित रुपले संगठित गराउनको लागि आफूले उमेदवारी घोषणा गरेको बताए । विभिन्न अन्य संघ संस्थामा रहेर सामाजिक काममा पनि सक्रिय नेपाललाई महासचिव पदको बलियो दावेदारको रुपमा हेरिएको छ ।

‘संस्थालाई मर्यादित तथा मजबुत बनाउन प्रत्यक इकाईमा तालिमको ब्यबस्था गर्ने, संस्था र सङ्गठनलाई समय अनुरुप उदाहरणिय बनाउनको लागि महासचिव पदमा उमेदवारी दिएको हुँ ‘ नेपालले भने । उनले देशका विभिन्न ठाँउमा रहेका रक्तसन्चार केन्द्रसंग प्रत्येक इकाई एबम् केन्द्रको समन्वयमा विशेष कोष स्थापना गरि नि:शुल्क रगत उपलब्ध गराउन पहल गर्ने योजना समेत रहेको बताए ।

नेपालले आफ्नो उमेदवारी घोषणा गर्दै प्रत्यक इकाईको कार्य मुल्यांकनको लागि रिपोर्टिङ गर्ने ब्यबस्था गरि रिपोर्टको आधारमा उत्कृष्ट इकाईलाई सम्मान गर्ने ब्यबस्था गराउने आफ्नो योजना रहेको भन्दै सबैको सल्लाह सुझाव लिई आफ्नो कार्य योजना अनुरुप संस्थाको हक र हितको लागि अनबरत रुपमा लाग्ने प्रतिवद्धता व्यक्त गरे ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker