भरतपुर अस्पतालको सेवामा उल्लेख्य सुधार

सरकारी अस्पतालको सेवामा सुधार

चितवन
विरामीको सुविदाको लागि भरतपुर अस्पतालमा सेवामा सुधार ल्याउदै स्तरोन्नती गरेको छ । विभिन्न विभागमा मेसिन सहित सेवालाई प्रभावकारी बनाउन ब्यवस्थित गरेको छ । विरामीको चापलाई मध्यनजर गरेर सेवालाई ब्यवस्थापन गरिएको छ ।
ओपिडि , सर्जरी , अन्तरंग, प्रयोगशाला , इमरजेन्सी सहितका विभागमा सुधार गरिएको छ । मंसिरमा मेडिकल सुपरीटेन्डेन्टको जिम्मेवारी सम्हालेका डा. श्रीराम तिवारीले अस्पतालको साना समस्याको पहिचान गरी सुधारको काम थालेका थिए । विरामीको सहजताका लागी सुधारका काम भएका छन् । डा. तिवारीले विरामीको गुनासोलाई ख्याल गरेर सेवालाई प्रभावकारी बनाउदै लागेको बताए । ‘ पहिला समस्याको पहिचान गरेर मात्रै समाधानको लागी केन्द्रति भएका छौ ,’ उनले भने , ‘ विरामीको चाप बढी हुने कारण केही कठिनाई नभएको होइन । तर हामीले साधन स्रोतलाई ब्यवस्थापन गर्दै सहज बनाउदै लगेका छौ । ’ आफु विधि र पद्धति भन्दा कत्तिपनि बाहिर नजाने प्रतिवद्धता गरेका तिवारीले प्रशासनिक सुधार पनि गरेका छन् ।
भरतपुर अस्पतालमा पछिल्लो समय २४ सैया थप गरिएको छ । विरामीको चाप बढेको कारण चार वटा वेड आइसियुमा थप गरिएको छ । सुविधा अनुसारको वेडका कारण अस्पताल आउने विरामी आइसियुको अभावमा बाहिर जान नपरेको अस्पतालले जनाएको छ । त्यस्तै बालरोग विभाग अन्र्तगत पाँच बेडको एचडियु स्थापना गरिएको छ । पाँच वेडको बर्थिङ युनिट पनि यसपालीबाट सुरु भएको छ । थालेसिमिया विरामीको लागी तीन वेड अलग्गै ब्यवस्थापन गरिएको छ । त्यस्तै १२ बेडको एनआइसियुलाई २० वेडमा स्तरोन्ती गरिएको छ ।
अस्पतालको गुरुयोजना अनुसार बनेका भवनमा सेवालाई ब्यवस्थापनसंगै नयाँ कार्यक्रम ल्याइएको छ । अस्पतालमा वेड थप , विरामीलाई सहज हुने गरी वार्ड नजिक डिस्चार्ज हुने ब्यवस्था गरिएको छ । भने आपतकालिन सेवाका लागी आउने विरामीको लागी इमरजेन्सीमै ल्याबको सुविधा गरिएको छ ।
अस्पतालका विरामी वार्डबाटै डिस्चार्ज हुन पाउने भएका छन् । वार्डका विरामी अन्य विारमीको उपचारका लागी शुल्क तिर्नपर्ने लाइनमा बस्न नपर्ने भएको छ । फागुनको पहिलो साता वार्डका विरामीलाई भर्ना भएको नजिकै काउण्टरको स्थापना गरेर सजिलै डिस्चार्ज हुने ब्यवस्था मिलाइएको छ ।
भरतपुर अस्पतालले सेवा सुधारसंगै अस्पतालमा आउने बालबालिकाको लागी बाल क्षेत्र बनाएको छ ।अस्पतालमा बालमैत्री क्षेत्र बनाइएको छ । अस्पताल आउने बालबालिकालाइृ भुलाउनका लागी खेलको साधन सहितको हरियाली क्षेत्र बनाइएको छ । अस्पतालका प्रवक्ता डा. रामप्रसाद सापकोटाले अस्पतालमा सुधारको काम भएको बताए । ‘ जति हामीले सेवा थप गरेका छौ त्यसले धेरै सहज भएको अनुभूति भएको छ ,’ डा. सापकोटाले भने , ‘ हामीले विरामीमैत्री , अपाङ्गमैत्री र बालमैत्री पूर्वाधार बनाएका छौ । अब ओपिडि भवन बनाउन सक्यांै भने अझै सहज हुनेमा आशाबादी छौ । ’
भरतपुर अस्पतालको सेवा, ल्याब लगाएतको शुल्कलाई विमासंग एकरुपता गरिएको छ । शुलक र सुविधालाई समान बनाउन एकरुपता गरिउको हो । यो भरतपुरमा बाहेक अन्यत्र छैन ।
अस्पताललाई गुरुयोजना अनुसारको भवन विस्तार र ब्यवस्थापनकोक ाम पनि तिब्र पारिएको छ । पुराना भवनलाई भत्काएर ब्यवस्थापन गरिएको छ । पूर्व अध्यक्ष राजकुमार राजभण्डारीको कार्यकालमा पारित अस्पतालको गुरुयोजना अनुसार विकास र विस्तारको काम पनि संगसंगै गरिएको छ । ।

 

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker