अहिलेको सरकार चैते हावाहुरी हो:डा शशांक कोइराला

आशिष अधिकारी
चैत ९,भरतपुर

नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य तथा पुर्व महामन्त्री डा. शशांक कोइरालाले अहिलेको सरकार चैत मासको हावाहुरी जस्तै भएको बताएका छन् ।
नेपाली काङ्ग्रेस चितवनको स्वास्थ्य समन्वय बिभागले शुक्रबारबाट आयोजना गरेको बृहत् नि:शुल्क स्वास्थ्य शिबिरलाइ कालिका ६ खोलेसिमलमा सम्बोधन गर्दै कोइरालाले यो सरकार जनचाहना अनुसारको सरकार नभई चैते हावाहुरी जस्तो सरकार भएको टिप्पणी गरेका छन् । उनले भने,एक्कासी मडारिएर आउँछ र छिन भरमै तहसनहस भएर जान्छ । यो सरकार पनि त्यही प्रकृतिको हावाहुरी सरकार हो । अहिलेको सरकारमा अस्थिरता र खिचातानी छ,अस्थिरताको राजनीति धेरै समय टिक्दैन उनले भने,वर्तमान सरकार राजनीतिक धोकाबाट बनेको आरोप पनि लगाए ।

फरक प्रसगमा कोइरालाले सिप र क्षमताका आधारमा समुदायमा समाजसेवा गर्नुपर्छ भन्ने भावना भित्री मनबाट जाग्नुपर्ने बताए। उनले हरेक नागरिकमा कुनै क्षमता छ भने समुदायमा लगानी गर्न आग्रह समेत गरे । उनले चिकित्सकहरुले बिरामीहरुको उपचार गर्दा आफु जस्तै सम्झेर उपचार गर्नुपर्ने तर्क राखे । डाक्टरले आफ्नो सिपको सदुपयोग गरि कसैको पिडा हरण हुने भएकोले मनैबाट जाग्न आग्रह समेत गरे  ।

कालिका नगरपालिका ६ निवासी १०६ बर्षिय भगिरथ लामिछाने र कोइरालाले सयुक्त रुपमा शिविरको उद्वघाटन गरेका हुन ।

नेपाली काङ्ग्रेस चितवनले पार्टीका पुर्व सभापति गिरिजाप्रसाद कोइरालाको १४ औ स्मृति दिवसको अवसरमा समुदायमा काङ्ग्रेस अभियान अन्तरर्गत बृहत् नि:शुल्क स्वास्थ्य शिविरको आयोजना गरेको नेपाली काङ्ग्रेस चितवनका सभापति राजेश्वर खनालले जानकारी दिए । खनालका अनुसार चैत ९ गतेदेखि शुरु भएको शिविर १० गते साझ सम्म चल्ने छ । सामाजिक उत्तरदायित्व अन्तरर्गत रहेर पार्टीले आमनागरिकलाई स्वास्थ्य सेवाको महसुस होस् भनेर नि:शुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको हो सभापति खनालले भने,जनताका माझमा, दुखसुखमा र जनताको मुटुमा  बर्सौ देखि गडेर बसेको बेथितिको काडालाइ उखेलेर फाल्नका लागि यो शिविर निकै फलदायी र महत्त्वपूर्ण रहने छ ।

जनतासग नेपाली काङ्ग्रेस पार्टीलाई जोड्ने,जनताका शिक्षा,स्वास्थ्य,कृषि र रोजगारी लगाएतका बिषयहरुमा प्रत्यक्ष सहभागिता जनाउने र सम्बोधन गर्ने पार्टीको लक्ष्य रहेको उल्लेख गर्दै सभापति खनालले सघिय लोकतान्त्रिक गणतन्त्रात्मक ससदिय शासन प्रणालीको माध्यामबाट नागरिकका समस्या समाधानका लागि नेपाली काङ्ग्रेसले खेल्दै आएको भूमिका अविस्मरणीय रहेको पनि प्रष्ट पारे ।

शिविरमा जनरल फिजिसियन,महिला तथा प्रसुती,आखा जाँच,दन्तरोग,पाठेघरको मुखको परिक्षण,बालरोग,नसा,हाडजोर्नी,शल्यचिकित्सा,नाक,कान तथा घाटी,मुटु रोग सम्बन्धि र छाला तथा यौन रोग सम्बन्धि सेवाहरु उपलब्ध गराइएको छ ।

शिविरमा आज पहिलो दिन ४ सय ९३ जनाले नि:शुल्क स्वास्थ्य सेवा लिएका छन् भने आज भोलि गरेर दुइ दिनमा २ हजार जना स्वास्थ्य सेवाबाट लाभान्वित हुने नेपाली काङ्ग्रेस चितवनले जनाएको छ ।

यसैबीच नेपाली काङ्ग्रेस चितवनको घुम्ती बैठक कालिका नगरपालिका वडा ६ मा सम्पन्न भएको छ । सभापति राजेश्वर खनालको अध्यक्षतामा बैठक सम्पन्न भएको हो । बैठकमा जिल्ला कार्यसमितिका पदाधिकारी, सदस्यहरू, क्षेत्रीय सभापतिहरू, प्रदेशसभा सभापतिहरू र पालिका सभापतिहरूको उपस्थिति रहेको थियो । आजको बैठकमा उपस्थित नेता तथा कार्यकर्ताहरूले प्रस्ताव गरेका छलफलका विषयहरूका साथै समसामयिक  विषय माथी गहन छलफल भएको थियो ।

कार्यक्रममा केन्द्रिय सदस्य टेक प्रसाद गुरुङ,बागमती प्रदेशका निबर्तमान स्वास्थ्य मन्त्री उत्तम जोशी लगाएतले शुभकामना मन्तव्य राखेका थिए ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker