सामुदायिक प्रतिकार्य तालिमको समापन एवं अभिमुखीकरण कार्यक्रम

रत्ननगर । रत्ननगर नगरपालिकाको आयोजना तथा श्री नं. २ विपद् व्यवस्थापन गण रसौलीको सहकार्य एवं समन्वयमा आयोजित सामुदायिक विपद् प्रतिकार्य तालिमको समापन तथा अभिमुखीकरण सम्पन्न भएको छ ।

रत्ननगर नगरपालिका वन वातावरण तथा विपद् व्यवस्थापन समितिका कार्यबाहक संयोजक एवं वडा नं १६ का वडाध्यक्ष हेमराज थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुखअतिथि रत्ननगर नगरपालिकाका उपप्रमुख यादवप्रसाद पाठकले विपद्को समयमा आवश्यक परेको बेला उपस्थित हुन नसके स्वयंसेवी प्रशिक्षकले तालिम लिएको अर्थ नरहने बताउँदै आफूले सिकेको सीप समुदायमा बाँड्दै विपद् व्यवस्थापनमा जुट्न आग्रह गरे।

वडा नं ६ का वडाध्यक्ष किरण महतोले स्वागत मन्तव्य राखेको कार्यक्रममा श्री नं. २ विपद् व्यवस्थापन गण रसौलीका गणपति कुलचन्द्र श्रेष्ठले प्रशिक्षार्थीहरुले एउटा सचेत नागरिकका हैसियतले आफू, आफ्नो परिवार र समाजलाई जोगाउने दृढ इच्छाशक्ति लिएर तालिमको सदुपयोग गर्न आग्रह गरे । कार्यक्रममा सहभागीको तर्फबाट टोपबहादुर सिलवाल र शारदा अधिकारीले तालिमको अनुभव सुनाएका थिए ।

प्रशिक्षक एवं तालिममा सहकार्य गर्ने श्री नं. २ विपद् व्यवस्थापन गणका टोलीलाई प्रशंसापत्र प्रदान गरिएको थियो । सो अवसरमा वडा नं १ देखि १६ वटै वडाबाट सहभागी प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो ।

वन, वातावरण तथा विपद् व्यवस्थापन समितिका फोकल पर्सन विश्वास श्रेष्ठले सहजीकरण एवं सञ्चालन गरेको कार्यक्रममा वडाध्यक्षहरु तथा कार्यपालिका सदस्यहरुको उपस्थिति रहेको थियो ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker