रत्ननगरमा ह्यापिनेस कोर्स, खुशी हुने कला सिक्दा प्रशिक्षार्थी दंग

चैत १० गते, शनिवार
रत्ननगर, चितवन ।

द आर्ट अफ लिभिङले डिजाइन गरेको ‘ह्यापिनेस कोर्स’ रत्ननगरमा समापन भएको छ । यही चैत ६ गते मंगलबार देखी सुरु भएको यो कोर्स आज चैत १० गते शनिवार समापन भएको हो । रत्ननगर १ मा रहेको शुभम क्याटरिङ्गको हलमा यो कार्यक्रम सञ्चालन गरिएको हो । द आर्ट अफ लिभिङका प्रशिक्षक द्वय निरु शर्मा सुवेदी र गीता अधिकारी द्वारा सञ्चालित यो कोर्समा पच्चिस जना प्रशिक्षार्थी सहभागी भएका हुन् ।
यो कोर्समा प्रशिक्षार्थीलाई योग, ध्यान, ज्ञान र उदाहरण प्रस्तुत गरेर खुशी हुने कला सिकाइएको प्रशिक्षक निरु शर्मा सुवेदीले बताउनुभयो । मनको स्थितीमा नियन्त्रण राख्न, सहि निर्णय लिन सक्ने क्षमताको बिकास गर्न, एकाग्रताका साथ वर्तमानमा रमाउन, भुतकालको पश्चाताप र भबिष्यको डरबाट मुक्ती पाउन, क्रोधमा नियन्त्रण, तनाबबाट मुक्ती, व्यस्त जीवनमा समय व्यवस्थापन गर्न, परिवार र इष्ट मित्रमा अझ थप सुमधुर र प्रगाढ सम्बन्ध स्थापित गर्न लगायत अन्य थुप्रै लाभ यो कोर्सबाट प्राप्त हुने प्रशिक्षक सुवेदीको तर्क छ ।
“जीवनमा तनाब र चिन्ता लिन नहुने रहेछ । अब परिस्थिती जे जस्तो भएपनि आँफु खुशी हुने अधिकार आँफै संग रहेछ । यो कोर्स गरेर मैले आँफुमा यो कलाको बिकास गर्ने क्षमता पाएको छु ।” कोर्सको समापनमा आफ्नो अनुभब व्यक्त गर्दै सुस्मिता वनले यसो भनिन् । पेशाले इन्जिनियर युवा वन यो कोर्स गर्न पाएकोमा मख्ख हुँदै यो कोर्समा निमन्त्रण गर्ने र प्रशिक्षक सहभागी सबैलाई आभार ब्यक्त गरिन् ।
योगा, ध्यान भन्दा पनि सबै तत्वको समिश्रण भएको यो कोर्स गर्न पाएकोमा युवा सन्देश श्रेष्ठले पनि आफ्नो अनुभव साट्दै गर्दा आभार व्यक्त गरे । अहिलेको व्यस्त र तनाबपूर्ण जीवनमा यस्तो खुशी हुने कला प्रत्येक घर घरमा पुर्‍याउन जरुरी रहेको श्रेष्ठको तर्क छ ।
“कोर्स गरिसकेर प्रशिक्षार्थीलाई यतीकै छोडिदैन । उहाँहरुले सिकेको योग, ध्यान समुहमा भोलीबाटै दैनिक यही हलमा सामुहिक अभ्यास गराइनेछ ।” प्रशिक्षक गीता अधिकारी भन्नुहुन्छ, “यो अध्यात्मको मार्ग हो, यसमा कुनै जाती, लिंग, वर्ण र धर्म हेरिदैन ।” यो मानवताबादी संस्थाले मानबता फैलाउन र विश्वमामा शान्ती र सद्भाव फैलाउने उद्देश्यले सञ्चालन भएको हो । रत्ननगरमा यही आँउदो चैत २० गते मंगलबार देखी फेरी यही स्थानमा कोर्स गरिने प्रशिक्षक अधिकारीले जानकारी दिनुभयो ।


‘द आर्ट अफ लिभिङ’ गैर नाफामुलक विश्वको सबैभन्दा ठुलो स्वयंसेवक भएको अन्तरराष्ट्रिय संस्था हो । यो संस्थाका संस्थापक परमपुज्य श्री श्री रवी शंकर हुनुहुन्छ । यो संस्थाको मुख्य कार्यालय भारतको बङ्लोरमा रहेको छ । यो संस्थाले नेपालमा पनि बिभिन्न समयमा सेवाका कार्यहरु गर्दै आएको छ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker