गृहमन्त्रीसँग कालिकाका मेयर रेग्मीको भेट, सुरक्षा र विकासबारे छलफल

कालिका । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले नगरको समग्र शान्ति सुरक्षा तथा विकास निर्माणका विषयमा गृहमन्त्री रवि लामिछानेसँग भेट गरी छलफल गरेका छन् ।

सिंहदरबारस्थित गृहमन्त्रालयमै पुगेर उनले गृहमन्त्री लामिछानेसँग भेट गरी शान्तिसुरक्षाको लागि प्रहरी कार्यालय स्थापना र विकास निर्माणमा सहयोगी भूमिका खेल्न आग्रह गरेका छन् । सो अबसरमा मेयर रेग्मीले गृहमन्त्रीसँग आफुले कालिका नगरपालिकाको समग्र सुरक्षालगायत विकास निर्माण तथा विभिन्न विषयमा छलफल भएको जानकारी दिए । भेटमा उनले नगरपालिकामा प्रहरी निरीक्षक (ईन्सपेक्टर) सहितको दरबन्दी रहने गरी प्रहरी कार्यालय स्थापना गर्न पनि माग गरेका छन् ।

उनले उक्त विषय समेटेर गृहमन्त्रीलाई ध्यानाकर्षणपत्र समेत बुझाएका छन् । ध्यानर्कषणपत्र बुझेपछि गृहमन्त्री लामिछानेले स्थानीय सरकार प्रमुखले राखेको प्रहरी कार्यालय स्थापना तथा विकास निर्माणको विषयमा सकारात्मक प्रतिक्रिया दिएका छन् ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker