रेडियो जनसञ्चार र टेलिभिजन स्थापना दिवसको अवसरमा साहित्य वाचन

भक्तपुर, चैत्र १० गते । भक्तपुर साहित्यिक समाजको ७३ आंंै घुमन्ते श्रृ्खला रेडियो जनसञ्चार एफ.एम. स्थापनाको १५ वर्ष पार गर्दै १६ औं वर्ष तथा जनसञ्चार टिभी स्थापनाको ३ वर्ष पार गर्दै चारौं वर्षमा प्रवेश गरेको अवसरमा साहित्य गोष्ठि आयोजना गरेको छ ।

दुई दर्जन साहित्यकारहरुले साहित्य वाचन गरेको सो गोष्ठि, भक्तपुर साहित्यिक समाज, जनसञ्चार टिभी, एफएम, स्वतन्त्र पत्रकार संघ नेपाल, भक्तपुरको संयुक्त आयोजनामा भएको हो । भसासका सल्लाहकार श्याम गैंडाले सञ्चालन गरेको कार्यक्रममा विभिन्न साहित्यकारहरूले आआफनो रचना वाचन गरेका थिए ।

गोष्ठिमा स्रष्टाहरू विश्वबहादुर दुवालले कविता “अचेल मलाई रीस उठ्छ”, माणिकबाबु ग्वंगःले कविता “वर्तमानले बोलाएका छन् तिमीलाई ” , ईश्वर थोकरले कविता “उपहार”, काशीराम विरशले चिनाखँ “शान्तिया बाँसुरी ”, राजुराम मुनंकर्मीले व्यङ्गय गीत “बिचौलिया” गुहेश्वरी शाक्यले गीत “वा कपाय्ँ प्mयने वा”, सोनिका गणेशले कविता “यात्रा”, कविन्द्रलाल प्रधानले कविता “फिलिष्टिीनी मान्छे”, सन्तोष भुजेलले कविता “परदेशी हुनुको पीडा”, अर्चना छुकांले कविता “तिमी र म”, सुर्यलक्ष्मी भोमीले कविता “मेरो भक्तपुर”, सुरेशराज भण्डारीले कविता “शान्ति चाहिन्छ”, पवित्रा दाहालले छन्द कविता “शङ्का”, सुलोचना सैंजूले लघुकथा “रमाको भोक ”, सुरेन्द्रलाल भुजुले गजल, निरा अधिकारीले कविता “झरीको रात” सहित साहित्यहरु वाचन गरेका थिए ।

कार्यक्रममा स्टेशन म्यानेजर सुरेश सैंजूले जनसञ्चार एफ.एम.तथा टिभिले समाजमा पु¥याएको योगदानको चर्चा गर्दै साहित्य वाचन कार्यक्रम गर्न पाएकोमा खुशी व्यक्त गर्नु भयो । सोही कार्यक्रममा भसासका अध्यक्ष राजुराम मुनंकर्मीेले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सवैमा धन्यवाद व्यक्त गर्नु भयो ।

भक्तपुर आसपासका समुदायलाई लक्षित गर्दै समुदायमा आधारित रेडियोको रुपमा २०६५ साल चैत्र ११ गते देखि रेडियो जनसञ्चार सञ्चालनमा आएको हो भने कोरोनाको कहरसँगै जनसञ्चार टेलिभिजन २०७७ साल देखि प्रशारणमा आएको हो । जनसञ्चार गृह(सामाजिक संस्था)सँगको सहकार्य र प्रवन्धनमा सचालित रेडियो जनसञ्चार ५०० वाट क्षेमतामा सञ्चालन भइरहेको छ भने जनसञ्चार टेलिभिजन केबुल टेलिभिजनको रुपमा २४ सैं घण्टा प्रशारणमा रहेको छ ।

 

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker