इण्डो–नेपाल टी–२०ः दुवै भारतीय टोली लखनउ र कोलकता विजयी

चितवन, चैत ११–
चितवनको भरतपुरमा जारी इण्डो–नेपाल टी–२० च्याम्पियनसीप क्रिकेट प्रतियोगितामा भारतका दुवै क्षेत्रीय टोलीहरु पीएसआर ग्रुप लखनउँ र तालतला इन्स्टिटाइट कोलकाता विजयी भएका छन् ।


गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा आज (आइतबार) को पहिलो खेलमा लखनउँले लगातार तेस्रो जित निकाल्ने क्रममा सुदूरपश्चिम प्रदेशलाई ९ विकेटको फराकिलो अन्तरले पराजित ग¥यो । सुदूरपश्चिमले दिएको १०९ रनको झिनो लक्ष्य लखनउले ११ ओभरमा १ विकेटको क्षतिमा लक्ष्य पुरा ग¥यो । लखनउको जितमा ओपनर शुभम चौधरीले नटआउट ३४ बलमा ८१ रनको विष्फोटक पारी खेले । उनले ९ छक्का र ४ चौका प्रहार गरे । उनले युवराज खत्रीको बलमा लगातार ५ छक्का प्रहार गर्दै टिमलाई जित दिलाए । यस्तै सहिम हसनले १९ रन बनाए भने र मोहम्मद सरिम ६ रनमा नटआउट रहे ।
सुदूरपश्चिमका लागि दिपक बोहोराले २ ओभरमा १४ रन खर्चिदै एक विकेट लिए ।


यसअघि पहिले ब्याटिङ गर्दै सुदूरपश्चिमले १८ ओभरमा अलआउट हुँदै १०८ रन बनाएको थियो । उसका लागि अभिषेक पालले सर्वाधिक ३४ रन बनाए । दीपक बोहोराले २७ र खडक बोहोराले ८ रन बनाए । अन्य ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।
लखउनका अर्पित शुक्ला र प्रिन्स साहीले समान ३ विकेट लिए । शुक्लाले ४ ओभरमा १८ रन खर्चिए भने साहीले ४ ओभरमा २० रन खिर्चन पुगे । मोहम्मद सरिमले ३ ओभरमा १५ रन खर्चिदै २ विकेट लिए ।
यस्तै आजै भएको दोस्रो खेलमा घरेलु टोली भरतपुर मेयर्स ११ लाई ५ विकेटले पराजित गर्दै भारतको तालतला इन्स्टिटाइट कोलकाता प्रतियोगितामा लगातार दोस्रो जित दर्ता ग¥यो ।


भरतपुरले दिएको १६३ रनको लक्ष्य कोलकताले १५.५ ओभरमा ५ विकेट गुमाउँदै १६८ रन बनाएर जित हात पा¥यो । कोलकतालाई जिताउन सौरभ यादवले विष्फोटक पारी खेल्दै ९ बलमा अविजित ३८ रन बनाए । उनले ५ छक्का र २ चौका प्रहार गरे । यस्तै सन्दीप गुप्ताले ३८, रमन कदायन ३५ र कुनल नगकले २२ अविजित रहे ।
भरतपुरका लागि कृजन गुरुङले ४ ओभरमा ४० रन खर्चिदै २ विकेट लिए भने गौतम केसी, जेनिस महत र सौगात ढकालले समान एक विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको भरतपुरले गौतम केसीको अर्धशतकको मद्धतमा ८ विकेटको क्षतिमा १६२ रन बनाएको थियो । गौतमले ४ छक्का र ३ चौका प्रहार गर्दै २८ बलमा ५३ रन बनाए । कप्तान दिपेश श्रेष्ठले ३ छक्का प्रहार गर्दै ४३ बलमा ४१ रनमा अविजित रहे । रोशन झाले २० रन बनाए । भरतपुरलाई मध्यम स्कोरमा रोक्न कोलकताका प्रशान्त श्रीवास्तवले ४ ओभरमा ३३ रन खर्चिदै ६ विकेट लिए । यस्तै सौरभ यादवले १ विकेट लिए ।
आजको जितसंगै लखनउ ३ खेलमा ३ जितका साथ ६ अंक बटुल्दै प्रतियोगिताको शीर्ष स्थानमा कायमै रहेको छ भने कोलकता २ खेलमा २ जितका साथ ४ अंक बटुल्दै दोस्रो स्थानमा उक्लिएको छ । प्रतियोगिताका शीर्ष चार टोलीले सेमीफाइनल खेल्ने छ भने उपाधिका लागि चैत १७ गते प्रतिस्पर्धा गर्नेछ ।

 

 

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker