रत्ननगरमा चैत १७ गते राप्रपाको आमसभा हुने : अध्यक्ष लिङदेनले सम्बोधन गर्ने

रत्ननगर । राष्ट्रिय प्रजातन्त्र पार्टीले पूर्वी चितवनको रत्ननगरमा यही चैत १७ गते शनिबार आमसभा हुने गएको छ ।

राप्रपा चितवन क्षेत्र नं १ क्षेत्रीय समितिले आयोजना गरेको सो सभामा पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङदेन लगायतका केन्द्रीय स्तरका नेताहरले सम्बोधन गर्ने छन् । सौराहाचोक र टाँडीचोकमा रहेको रत्ननगर बसपार्कमा विहान ११ बजेबाट कार्यक्रम सुरु हुने छ ।

क्षेत्रीय समितिले सोमबार रत्ननगरमा पत्रकार सम्मेलनको आयोजना गरि आमसभाको तयारीको बारे जानकारी गराएको हो । आमसभामा पार्टी केन्द्रीय उपाध्यक्ष विक्रम पाण्डे, पार्टी प्रबक्ता ज्ञानेन्द्र शाही, केन्द्रीय कार्यसम्पादन सदस्य दिपक सिंहले सम्बोधन गर्ने क्षेत्रीय अध्यक्ष बलराम खनालले जानकारी दिए ।

आमसभामा अध्यक्ष राजेन्द्र लिङदेनले वर्तमान राजनीतिक अबस्था र राप्रपाको धारणा सार्वजनिक गर्ने क्षेत्रीय अध्यक्ष खनालले बताए । आम सभाको तयारी पूरा भगको र पूर्वी चितवनका घरघरमा निमन्त्रणा पठाइएको छ । ठुलादलहरु प्रति जनताको वितृष्णा बढिरहेका बेला राप्रपाले आम सभा मार्फत राजनीतिक कार्यदिशा जनतालाई बुझाउन कार्यक्रम आयोजना गरेको हो ।

पत्रकार सम्मेलन नेताहरु जिल्ला सदस्य हरि अधिकारी, गणेशजंग रायमाझी, यानप्रसाद डल्लाकोटी, प्रदेश समितिका सहसचिव माधव भट्टराई, प्रदेश ख समिति अध्यक्ष, हरिशरण भट्टराई रत्ननगर नगर समितिका अध्यक्ष गोविन्द कँडेल, खैरहनी नगर समितिका अध्यक्ष देबराज कँडेल, राप्ती नगर समितिका अध्यक्ष गोपाल पाण्डे लगायतको सहभागिता रहेको थियो ।

यसैबीच सो पार्टीले सोमबार रत्ननगरमा होलीमिलन कार्यक्रम गरेको छ । कार्यक्रममा सहभागी नेता तथा कार्यकर्ताहरुले एकआपसमा रंग दलेर शुभकामना साटासाट गरेका थिए । कार्यक्रममा बागमती प्रदेश समितिका उपाध्यक्ष प्रदेश सांसद ज्ञानजंग लामा लगायतका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker