प्रधानमन्त्री प्रचण्ड र कालिकाका मेयर रेग्मीबीच भेट, शक्तिखोर औधोगिक क्षेत्र, तथा त्रशुली डाईभर्सन विषयमा छलफल

रत्ननगर, चैत्र १२ । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले शक्तिखोर औधोगिक क्षेत्र स्थापना, त्रशुली डाईभर्सन, नगरमा रोकिएका बजेट विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरी छलफल गरेका छन् ।

सो अबसरमा मेयर रेग्मीले प्रधानमन्त्री प्रचण्डसँग कालिका नगरपालिकाको समग्र विकास निर्माण, नगरमा रोकिएका बजेट, शक्तिखोर औधोगिक क्षेत्र स्थापना, अपाङ्गता भएका बालबालिका सहज तरिकाले पढ्न पाउनुपर्ने समावेशी विद्यालय स्थापना, त्रिशुली डाईभर्सन तथा विभिन्न विषयमा छलफल भएको जानकारी दिए ।

साथै, सोमवार मेयर रेग्मीले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड, पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, अर्थमन्त्री वर्षमान पुन, नेकपा एमालेका उप महासचिव विष्णु रिजाल, नेकपा एमालेका केन्द्रिय सदस्य कपिल पोखरेल, राष्ट्रिय बहिरा महासंघका पूर्व अध्यक्ष केपी अधिकारी, डा. बाबुराम ढुङ्गानासंग पनि भेटवार्ता गरेकाछन् ।

भेटमा प्रधानमन्त्री प्रचण्ड र अर्थमन्त्री पुनले नगरको समग्र विकास निर्माण, नगरमा रोकिएका बजेट लगाएतका विषयमा सकारात्मक प्रतिक्रिया दिएको मेयर रेग्मीले जानकारी दिए ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker