प्रहरी कार्यालय टाँडी प्रमुख केसीको सफलता : कार्यभार सम्हालेको २४ घण्टा नवित्दै गुण्डा पक्राउ

रत्ननगर । अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौडावाट सरुवा भई ईलाका प्रहरी कार्यालय रत्ननगर टाँडीको प्रमुखको रुपमा कार्यभार सम्हाल्नु भएका डिएसपी डा. हेम केसीले कार्यालयमा आएको २४ घण्टा नबित्दै चितवनका गुण्डा गर्दीमा संलग्न ब्यक्तिहरु, तस्कर, लागु औषध कारोवारी तथा बिभिन्न मुद्दाका फरार अपराधिहरुलाई पक्राउ गर्न सफल भएका छन् ।

ईलाका प्रहरी कार्यालय रत्ननगर टाँडीको प्रमुखको रुपमा कार्यभार सम्हाल्नु भएका डिएसपी डा. हेम केसी

गुण्डागर्दी, तस्कर लागु औषध कारोवारी तथा बिभिन्न मुद्दाका फरार अपराधिहरुको भागदौड मच्चिन थालेको छ । डिएसपी केसीको कमाण्ड कन्ट्रोल गर्ने शैली निकै फरक खालको रहेको भन्ने बुझिएको छ । उनी कसैसंग बार्गेनिङ गर्दैनन् । यस भन्दा पहिलेको कार्यालहरुमा रहदा आर्थिक प्रलोभनमा समेत नपरी कानुन सम्वत कार्य सम्पादन गर्ने गरेको उनी निकट अधिकारी बताउँछन । उनी कार्यालयमा आफ्नो मातहतका कर्मचारीहरुलाई निकै शलिन स्वभावमा मर्यादित र अनुशासन पूर्ण कुराहरु सिकाउने तथा कुनै पनि अपराधमा संलग्न ब्यक्तिलाई पक्राउ गर्न आदेश कुरिरहन आवश्यक नपर्ने बताउने गरेको समेत बुझिएको छ ।

अबैध ढुंगा ओसार पसार गर्ने ट्याक्टर नियन्त्रणमा

उनले तस्करी, गुण्डागर्दी, लागु औषध कारोवारी फरार अपराधिहरु, अबैध नदिजन्य पदार्थ उत्खनन तथा दोहनलाई प्रभावकारी रुपमा कानुनी दायरामा ल्याउन बिशेष जोड दिएको समेत बुझिन आएको छ । केसी आएको २४ घण्टा नबित्दै लागु औषध खैरो हिरोईन मुद्दाको फरार प्रतिवादीहरु २ जना, अबैध नदिजन्य पदार्थ ओसार पसार गर्ने एउटा ट्याक्टर, नसालु पदार्थ शेवन गरी झै-झगडा तथा हुँल हुज्जत गर्ने ५ जना, सीसी टिभी फुटेजको आधारमा चोरीमा संलग्न एक जना तथा सवारी दुर्घटना गराई फरार रहेको सवारी साधन चालक सहित नियन्त्रमा लिन सफल भएका छन् । उनको यो कार्यशैलीले पूर्वी चितवनबासिहरुले पूर्ण सुरक्षित एवं निर्भिक बातावरणको अनुभूती गर्नेमा कसैको दुइमत नहोला ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker