एसईई परीक्षामा रत्ननगरबाट १ हजार ४४२ विद्यार्थी सहभागी हुँदै

रत्ननगर, चैत १३ ।

रत्ननगर नगरपालिकाबाट यसबर्षको एसईई परिक्षामा १ हजार ४४२ जना विद्यार्थीहरु सहभागी हुने भएका छन् । बिहिबारबाट सुरु हुने परिक्षामा नगरपालिका भित्र रहेका १६ सामुदायिक र २२ संस्थागत विद्यालयबाट १ हजार ४४२ विद्यार्थीहरु सहभागी हुन लागेका हुन् ।

नगरभित्र रहेका ४८ विद्यालयबाट ६८६ छात्रा र ७५६ छात्रहरुले परिक्षामा भाग लिने रत्ननगरका मेयर प्रलाद सापकोटाले बताए । ४८ विद्यालयबाट सबैभन्दा धेरै स्काइराइडर आवासीय माध्यमिक विद्यालयबाट १७७ जना र सबैभन्दा थोरै गायत्री वेद वेदाङ्ग संस्कृत गुरुकुलमबाट ८ जना विद्यार्थी परिक्षामा सहभागी हुने सापकोटाले जानकारी दिए । रत्ननगरमा रहेको अर्को धार्मिक विद्यालय श्रीराम वैदिक संस्कृत गुरुकुलबाट भने १० जना परिक्षार्थीले एसईई परिक्षा दिदैछन् ।

रत्ननगरबाट परिक्षामा २ वटा धार्मिक सहित २२ संस्थागत विद्यालय र १६ सामुदायिक विद्यालयका विद्यार्थीहरु परिक्षामा सहभागी हुदैछन् । सामुदायिक विद्यालय तर्फ सबैभन्दा धेरै जन जागृती माध्यमिक विद्यालयबाट १६२ जना विद्यार्थी सहभागी हुनेछन् । सामुदायिक विद्यालय तर्फ ३७१ जना छात्रा, ३५५ जना छात्र र संस्थागत विद्यालयबाट ३१५ जना छात्रा,४०१ जना छात्रहरुले परिक्षा दिने एकिकृत शिक्षा सुचना केन्द्रको तथ्याङ्का उल्लेख छ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker