उवासंघ रत्ननगरमा सांसद मिया र राष्ट्रिय खेलकुद परिषदका सदस्य कुशाहसंग छलफल

रत्ननगर, चैत १४ ।

रत्ननगर उद्योग वाणिज्य संघले प्रतिनिधि सभा सदस्य कल्पना मिया कुसारी र राष्ट्रिय खेलकुद परिषदका सदस्य सम्रात कुशाहलाई स्वागत तथा छलफल कार्यक्रम गरेको छ । बुधबार संघमा औपचारिक कार्यक्रमको आयोजना गरि कुसारी र कुशाहलाई स्वागत तथा छलफल कार्यक्रम गरिएको हो । छलफल कार्यक्रममा बोल्दै सांसद मियाले उद्योग व्यवसायीको हरुको समस्यालाई राजनैतिक आखाँ बाट हेर्न नहुने भन्दै व्यवसायीको समस्यालाई समाधान गर्न साझा प्रस्ताव ल्याउन आग्रह गरिन । उनले संघले ल्याएको प्रस्तावलाई सम्बन्धित निकाय सम्म पुऱ्याउन पहल गर्ने भन्दै उद्योग वाणिज्य संघ रत्ननगरलाई आफ्नो तर्फबाट गर्न सक्ने सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरिन । संघका अध्यक्ष शंकर गिरीको अध्यक्षतामा भएको छलफलमा पूर्वि चितवनको समस्याहरुका लागि पहल गर्न व्यवसायी हरुले आग्रह गरेका थिए ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker