बछौली नारी चेतनाले साप्ताहिक कार्यक्रम गरी रजत बर्ष मनाउने, आज दुना, टपरी बनाउने तथा बत्ती कात्ने तालिम

बछौली नारी चेतना बचत तथा ॠण सहकारी संस्थाले रजत बर्ष एवम् २५ औं बार्षिक उत्सबको अवसरमा साप्ताहिक कार्यक्रमहरु संञ्चालन गर्ने भएको छ । सोही अन्तर्गत आज एक दिने सिपमूलक दुना, टपरी बनाउने तथा बत्ती कात्ने तालिम मृगकुन्ज उपभोक्ता समितिको सभाहलमा आयोजना गरिएको हो । कार्यक्रमको सभाअध्यक्ष संस्थाको अध्यक्ष भागिरथी कुमारी घिमिरे हुनुहुन्थ्यो भने प्रमुख अतिथिमा र.न.पा.–६, बडा अध्यक्ष किरण चौधरी, बिशिष्ट अतिथिमा रत्ननगर नगरपालिका कार्यपालिका सदस्य तथा यसै संस्थाको निर्वतमान अध्यक्ष र.न.पा.–६ का महिला वडा सदस्य बबिता चौधरी, अतिथिहरुमा मृगकुन्ज उपभोक्ता समितिका कोषाध्यक्ष सन्जय महतो, बछौली स्वास्थ्य चौकीका इन्चार्ज केशव पौडेल, संस्थापक सदस्य सरस्वती अधिकारी सहित कार्यक्रममा ६० जना शेयर सदस्यहरुको सहभागिता रहेको थियो ।


हरेक घरमा पुजा आजा तथा सामाजिक कार्य गर्दा दुना टपरी नबाइकन बजारबाट ल्याएर प्रयोग गरेकोमा स्थानिय परम्परालाई निरन्तर दिनको लागि बछौली नारी चेतनाले आजको दिन दुना तथा टपरी बनाउने र कपासबाट बत्ती काट्ने सम्बन्धी तालिम संञ्चालन गरेको संस्थाको अध्यक्ष घिमिरेले बताउनुभयो । संस्थाद्धारा आयोजित साप्ताहिक कार्यक्रमको संयोजक संस्थाको उपाध्यक्ष पवित्रा देवी घिमिरे हुनुहुन्छ भने आजको कार्यक्रम संयोजक प्रमिला कुमारी ढकाल हुनुहुन्छ । यस संस्थाको संस्थापक सदस्य सरस्वती अधिकारी, देवकी अधिकारी, सरला अर्याल ले कार्यक्रममा सहजीकरण गर्नु भएको थियो भने सहभागिहरुले पनि यस किसिमको तालिम लिन पाउँदा निकै हर्षित भएको प्रतिकृया ब्यक्त गरेका छन ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker