भरतपुरको मालपोतचोकमा लक्की इलेक्ट्रोनिक्स सञ्चालनमा आउँदै

चितवन। नयाँ वर्षको अवसर पारेर आगामी वैशाख १ गतेबाट लक्की इलेक्ट्रोनिक्स सञ्चालनमा आउने भएको छ । भरतपुरको मालपोतचोकमा घरायसी इलेक्ट्रोनिक्सका सम्पूर्ण गुणस्तरीय सामानहरु सुपथ मूल्यमा उपलब्ध गराउने उद्देश्यले इलेक्ट्रोनिक्स पसल सञ्चालनमा आउन लागेको हो ।

भरतपुर–१२ को जागृतिचोकमा मर्मत सेन्टर सञ्चालन गर्दै आइरहेको इलेक्ट्रोनिक्सले नयाँ वर्षबाट विभिन्न किसिमका घरायसी इलेक्ट्रोनिक्स सामानहरु उपलब्ध गराउने तयारी सहित मालपोतचोकमा लक्की इलेक्ट्रोनिक्स सञ्चालनमा ल्याउन लागेको सञ्चालक हरि कार्की ‘लक्की’ले जानकारी दिनुभयो । जागृतीचोकबाट उपभोक्तालाई सेवादिन निरन्तर हरेक ब्राण्डका एलसिडी टभी, एलइडी टिभी, फो के स्मार्ट टिभीको मर्मत सेन्टर सञ्चालन गर्दै आएको इलेक्ट्रोनिक्सले ग्राहकको सुविधाको लागि नयाँ ठाउँमा थप सुविधा सहित शोरुम सञ्चालन गर्न लागेको कार्कीको भनाइ छ ।

जागृतीचोकको मर्मत सेन्टर यथावत् रहने गरी इलेक्ट्रोनिक्सले ग्राहकको सुविधाको लागि नयाँ ठाउँमा थप सुविधा सहित विभिन्न किसिमका घरायसी इलेक्ट्रोनिक्स सामानहरु टि.भी, फ्रिज, एसी, वासिङमेसिन, राइस कुकर, पङ्खा लगायतका सम्पूर्ण सामानहरु सुपथ मूल्यमा बिक्री गर्ने गरी सञ्चालनमा आउन लागेको उहाँले बताउनुभयो ।

कुनै पनि इलेक्ट्रोनिक सामानको गुणस्तरीय मर्मत तथा सुलभ मूल्यमा खरिदका लागि आफूहरुलाई सम्झन सकिने उहाँले बताउनुभयो । नयाँ वर्षको अवसरमा ग्राहकहरुलाई थप छुट सहित बिक्री कक्षा सञ्चालनमा ल्याउन लागिएको कार्कीको भनाइ छ । मालपोतचोकमा रहेको बिक्री कक्षको सम्पर्क नम्बर०५६–५१६१४० एवं मोबाइल नम्बर ९८५५०४८४४९ रहेको छ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker