‘भरतपुर भ्रमण वर्ष २०२४’ को उद्घाटन कार्यक्रमको समिक्षा सार्वजनिक, ८० हजार जनाको सहभागिता

चितवन । भरतपुर महानगरपालिकाले ‘भरतपुर भ्रमण वर्ष २०२४’ को उद्घाटन कार्यक्रमको समिक्षा सार्वजनिक गरेको छ । शुक्रबार चितवन एक्सपो सेन्टरमा भरतपुर महानगरले फागुन १८ गते नारायणी किनारमा भएको उद्घाटन कार्यक्रमका उपलब्धीहरु सार्वजनिक गरेको हो ।


महानगरले प्रस्तुत गरेको प्रतिवेदन अनुसार उद्घाटन कार्यक्रमको ¥यालीमा करिब ८० हजार जना भन्दा बढी भरतपुरबासी उपस्थित भएको बताइएको छ ।
¥यालीमा १४५ विद्यालय, १४३ धार्मिक संघ संस्थाहरू, ३८७ आमा समूहको पहिचानसहित सहभागिता रहेको थियो । त्यसैगरी ६२९ टोल विकास संस्था, ३४ सामुदायिक वन, १४९ निजी तथा सामुदायिक संघ संस्था, ७६ क्लवसहित विभिन्न जनजाति, भेषभूषामा उपस्थिति रहेको महानगरले जनाएको छ । महानगरपालिकाले समग्र रुपमा उद्घाटन कार्यक्रम ऐतिहासिक र गर्व गर्न लायक बन्न पुगेको बताएको छ । उद्घाटन कार्यक्रम जस्तै वार्षिक रुपमा सबैको साथ र सहयोगबाट भ्रमण वर्ष पूर्ण रुपमा सफल हुने अपेक्षा लिएको जनाएको छ ।
स्थानीय तहले आयोजना गरेको महाअभियान पालिकाको मात्र नभई सिंगै राष्ट्रको कार्यक्रम हुन पुगेको महानगरले जनाएको छ । अभियानका बारेमा कुनै गभ्भीर त्रुटीबारे गुनासो र उजुरी नपरेकाले सम्रगमा उद्घाटन कार्यक्रम सफल भएको महानगरपालिकाले बताएको छ ।


कार्यक्रममा उपस्थित विश्ष्ठि पाहुनले अभियानप्रति ऐक्यबद्धता जनाउदै दिएको शुभकामना मन्तव्यले थप उत्साहित बनाएको महानगरले जनाएको छ ।
उद्घाटन कार्यक्रमको तयारी, प्रचार–प्रसार एवम् व्यवस्थापनमा करिब एक करोड खर्च भएको जनाएको छ ।
कार्यक्रममा बोल्दै भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले स्थानीय तहले पर्यटनसम्बन्धी गरेको यो नै पहिलो र ऐतिहासिक कार्यक्रम बन्न पुगेको बताउनुभयो ।
देशमा देखा परेको आर्थिक मन्दी र जनतामा परेको नकारात्मक छापालाई चिर्दै आर्थिक अवस्थालाई चलायमान बनाउदै सकरात्मक सोचको विकास गर्न यो अभियान आयोजना गरिएको प्रमुख दाहालले स्पष्ट पार्नुभयो ।
भरतपुर भ्रमण वर्षलाई सफल बनाउन यहाँका निजी क्षेत्र, व्यवसायी, समाजसेवी तथा सम्पूर्ण भरतपुरवासीको निरन्तर साथ र सहयोगको अपेक्षा रहेको उहाँले औल्याउनुभयो ।


भ्रमण वर्षलाई सफल बनाउन राष्ट्रिय तथा अन्र्तराष्ट्रिय कार्यक्रमहरु हुने क्रम जारी रहेको र थप कार्यक्रमहरु भरतपुरमा आयोजना गर्न आग्रह पनि गरिएको उहाँले जानकारी दिनुभयो ।
भरतपुर भ्रमण वर्षको प्रचार–प्रसार र निम्तो राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा बाडिएको र त्यसको प्रतिक्रियाले उत्साहित बनेको उहाँको भनाइ थियो ।
भ्रमण वर्षको सन्दर्भ पारेर दुई महत्वपूर्ण पर्यटकीय गन्तव्य दियालो बंगला र वन्यजन्तु उद्धार केन्द्रमा पाटे बाघ हेर्न मिल्ने व्यवस्था मिलाउन सफल भएको उल्लेख गनुभयो ।
कार्यक्रममा भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारी, नेपाली काँग्रेसका सचिब ध्रुवराज मिश्र, नेकपा एमाले सचिव प्रकाश ढुङ्गना, नेकपा माओवादी केन्द्रका संयोजक आरसि अधिकारी, समाजवादीमा उपाध्यक्ष कृष्णराज न्यौपानेलगायतले मन्तव्य राख्नुभएको थियो ।
यसैबिच भ्रमण वर्षको उद्घाटन कार्यक्रममा उत्कृष्ट ¥यालीमा व्यापक सहभागिता जनाउन प्रोत्साहन स्वरूप प्रथम हुने वडालाई रू १ लाख, द्वितीय हुने वडालाई ७५ हजार र तृतीय हुने वडालाई रू ५० हजार बरावरको कार्यक्रम तथा जिन्सी समान उपलब्ध गराउने घोषणा अनुसार पुरस्कार प्रदान गरिएको छ । जसमध्ये वडा नं २८ प्रथम, वडा नं. ३ द्वितीय र वडा नं. १० तृतीय भएका थिए ।
¥यालीमा उत्कृष्ट झाँकी, भेषभूषा, जातजातिको झाँकी प्रर्दशन गर्ने समूहलाई पनि नगदसहित पुरस्कार प्रदान गरिएको छ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker