रत्ननगर- १५ मा गर्भवती र सुत्केरी महिलालाई पोषण सामग्री वितरण

रत्ननगर, बैशाख १७ । रत्ननगर वडा नम्बर १५ का गर्भवती र सुत्केरी महिलालाई पोषण सामग्री वितरण गरिएको छ । सोमवार वडा कार्यालयले वडा भित्रका १० जना गर्भवती र सुत्केरी महिलालाई सामग्री वितरण गरेको हो ।

सुरक्षित मातृत्व अन्तर्गत गर्भवती र सुत्केरी आमालाई पोषण तथा सरसफाई सामग्री वितरण गरिएको वडा अध्यक्ष आशिक तामाङले जानकारी दिए । पोषण सामग्री अन्तर्गत कुखुराकाे भाले, अण्डा, घ्यू, ब्रस, मन्जन, लगायत सरसफाईका सामग्री वितरण गरिएको तामाङले बताए ।

आर्थिक वर्ष २०८०/०८१ मा वडाले ३० जना गर्भवती तथा सुत्केरी महिलालाई पोषणका सामग्री बितरण गरेकाे जानकारी दिए । बाँकी रहेकाे १६ जनालाई चाडै बितरण गर्ने तयारी भईरहेकाे उनकाे भनाईछ ।

पोषण सामग्री वितरण गर्दै वडाध्यक्ष तामाङले गएको वर्षदेखी वडाले पोषण सामग्री वितरण गर्दै आइरहेको भन्दै गर्भवती र सुत्केरी महिलाको स्वास्थ्यप्रति वडाले ध्यान दिदै सामग्री वितरण सँगै नियमित स्वास्थ्य जाँच गराइरहेको बताए ।

आगामी आर्थिक वर्ष २०८१/०८२ मा समेत सुरक्षित मातृत्व कार्यक्रमलाई निर्नतरता दिने वडा अध्यक्ष तामाङकाे भनाई छ ।

कार्यक्रममा रत्ननगर नगरपालिकाका सामाजिक विकास समितिका संयाेजक तथा वडा नं. ५ का वडा अध्यक्ष बालकृष्ण चापागाईले वडा बासिलाई प्रत्यक्ष लाभ पुग्ने किसिमका कार्यक्रम ल्याएकाेमा धन्यवाद व्यक्त गरे ।

वडा नं. १५ ले गर्ने विभिन्न किसिमका कार्यहरूमा नगरपालिकाले सहयाेग गर्ने उनले प्रतिवद्ता जनाए ।

कार्यक्रममा वडा सदस्य शिव तिवारी, लिलादेवी पोखरेल, रुकमाया परियार, वडा सचिव सुर्य प्रसाद ढुङ्गाना लगायतको उपस्थिती रहेको थियो ।

आधारभूत स्वास्थ्य सेवा केन्द्र रत्ननगर- १५ की इन्चार्ज रोजीना गिरीले कार्यक्रम सञ्चालन गरेकी थिइन् ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker