सन्दिप दोषी भए सजाय देउ,निर्दोष भए विश्वकप खेल्न देउ : मेयर सापकोटा

रत्ननगर, बैशाख २४ ।

रत्ननगर नगरपालिकाका मेयर प्रलाद सापकोटाले क्रिकेटर सन्दिप लामिछानेको मुद्दाको सुनुवाई पटक पटक स्थगित हुने गरेकोप्रति लक्षित गर्दै दोषी भए सजाय देउ, निर्दोष भए विश्वकप खेल्न देउ भनेका छन् । मेयर सापकोटाले सोमबार सामाजिक संजालमा स्टाटस लेख्दै नेपाली क्रीकेट टिम र सिंगो खेल जगतलाई आज यहाँसम्म पुऱ्याउन खेलेको महत्वपूर्ण भूमिका भूल्न नहुने भन्दै सापकोटाले लेखेका छन् ‘ दोषी भए कानुन अनुसार सजाय पाउनुपर्छ,निर्दोष हुन् भने विश्वकप खेल्न दिनुपर्छ । ‘आइतबार सन्दिपको मुद्दाको पेशी थियो तर मुख्य न्यायाधीशले हेर्न नमिल्ने भन्दै स्थगित गरिदिए । अधिकांश क्रिकेटप्रेमीहरुले पनि सन्दिपको मुद्दा यसरी पटक पटक स्थगित हुनुले उनीमाथि षड्यन्त्र भएको टिप्पणी गरेका छन् । रत्ननगर वडा नम्बर ८ निवासी स्वयं सन्दिपले पनि आफूमाथि षड्यन्त्र भएको र षड्यन्त्र गर्नेहरुको नाम छिटै सार्वजनिक गर्ने बताएका थिए ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker