रत्ननगरमा जेसीज सप्ताह : बक्तृत्वकलामा माधवपुर माविका सिंखडा प्रथम 

रत्ननगर । रत्ननगर जेसीजकाे सप्ताह व्यापी कार्यक्रम अन्तर्गत मंगलबार भएकाे बक्तृत्वकला प्रतियाेगिता गरिएकाे छ । विद्यालय स्तरीय उक्त प्रतियाेगितामा माधवपुर माविका सुजन सिंखडा प्रथम, नर्थप्वाइन्ट एकाडेमीकी आरुषी घिमिरे द्धितीय र आधारभूत विद्यालय बेल्सीकी एलिजा तिमिल्सिना तृतीय भएका छन् । नाै वटा विद्यालयका विद्यार्थीहरुकाे सहभागिता रहेकाे साे प्रतियाेगितामा प्रथम हुनेलाई तीन हजार, द्धितीय हुनेलाई दुई हजार र तृतीय हुनेलाई एक हजार रूयैया सहित मेडल र प्रमाणपत्र प्रदान गरिएकाे मुल संयाेजक रामप्रसाद पाण्डेले जानकारी दिए । रत्ननगर जेसीजका अध्यक्ष नरहरी पुरीले विद्यार्थीहरुमा अन्तरनिहीत क्षमता उजागर गर्ने उद्देश्यले प्रतियाेगिता आयाेजना गरिएकाे बताए ।

हेटाैडा जेसीजका पूर्व अध्यक्ष श्याम पाैडेल प्रमुख अतिथि रहेकाे साे कार्यक्रमा रत्ननगर जेसीजका संस्थापक अध्यक्ष निजानन्द मल्लले मन्तव्य राखेका थिए । रत्ननगर जेसीजका अध्यक्ष नरहरी पुरीकाे अध्यक्षतामा भएकाे कार्यक्रममा उपाध्यक्ष साैरभ रिजालले कार्यक्रम संचालन गरेका थिए ।

प्रतियाेगिताकाे निर्णायकमा सुरेशचन्द्र आचार्य, राधा चाैधरी र सागर तिवारी रहेकाे रत्ननगर जेसीजका महासचिव सुरेशजंग पाण्डेले जानकारी दिए । सप्ताह व्यापी कार्यक्रम अन्तर्गत मैत्रीपूर्ण फुटबल,क्षमता अभिबृद्धि तालिम, मनाेसामाजिक परामर्श तथा तनाव व्यवस्थापन तालिम, रत्नविज समिट, बृक्षराेपण, लागू औषध दुव्यसनी र समापनकाे दिन बक्तृत्वकला प्रतियाेगिता गरिएकाे हाे ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker