रत्ननगरमा जेसीज सप्ताह उपलब्धिमुलक : आयाेजक 

रत्ननगर । रत्ननगर जेसीजले मंगलबार रजतजयन्ती समाराेह तथा जेसीज सप्ताहकाे समापन समाराेह गरेकाे छ । एक हप्ता सम्म समाजरुपान्तरणमा दीर्घकालिन प्रभाव पर्ने कार्यक्रम गरेकाे जेसीजले २५ बर्ष पूरा भएकाे अबसरमा रजतजयन्ती तथा सप्ताहकाे समापन कार्यक्रम गरेकाे हाे । नेपाल जेसीजका अध्यक्ष रविन पाेलरेल प्रमुख अतिथि रहेकाे साे कार्यक्रम रत्ननगर जेसीजका अध्यक्ष नरहरी पुरीले आफ्नाे कार्यकालमा रजत जयन्तीलाई जेसीज सप्ताहसंगै जाेडेर मनाउने सबर्ण अबसर प्राप्त भएकाे बताए । जेसीज सप्ताहका मुल संयाेजक रामप्रसाद पाण्डेले जेसीज सप्ताहमा आयाेजना गरिएकाे कार्यक्रमले जिल्लाकाे आर्थिक विकास र समाजरुपान्तरणकाे हिसावले उपलब्धिमुलक भएकाे दावी गरे । उनले मैत्रीपूर्ण फुटबल, नेतृत्व विकास तालिम, मनाेसामाजिक परामर्श तथा तनाव व्यवस्थापन तालिम, जिल्लाकाे आर्थिक विकासकाे लागि रत्नविज समिट, वातावरण जाेगाउन बृक्षराेपण, लागू औषध दुव्यसनी र विद्यालय स्तरीय बक्तृत्वकला प्रतियाेगिता गरि सप्ताह मनाएकाे जानकारी दिए । रजत जयन्तीकाे अबसरमा संस्थापक अध्यक्ष निजानन्द मल्ल सहित पदाधिकारी तथा सदस्य र पूर्वअध्यक्षहरु तथा रत्ननगर जेसीजकाे संस्थागत विकास तथा उत्कृष्ट काम गर्नेहरुलाई सम्मान गरिएकाे महासचिव सुरेशजंग पाण्डेले जानकारी दिए । कार्यक्रममा नेपाल जेसीजकी पूर्व अध्यक्ष प्रिती तुलाधर, हेटाैडा जेसीजका पूर्व अध्यक्ष श्याम पाैडेललाई सम्मान गरिएकाे छ । कार्यक्रममा रत्ननगर उद्योग बाणिज्य संघका अध्यक्ष शंकर गिरी, रत्ननगर जेसीजका संस्थापक अध्यक्ष निजानन्द मल्ल, नेपाल जेसीजकी निरुपित उपाध्यक्ष सपना पाैडेल, हेटाैडा जेसीजका पूर्व अध्यक्ष श्याम पाैडेल, नारायणगढ जेसीजका अध्यक्ष राजेन्द्र भट्टराई लगायतले मन्तव्य राखेका थिए । पूर्वअध्यक्ष विश्वास श्रेष्ठले सञ्चालन गरेकाे साे कार्यक्रममा पूर्व अध्यक्ष सुन्दरलाल श्रेष्ठले स्वागत मन्तब्य राखेका थिए ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker